करेन्ट लागेर एक जनाको मृत्यु


ईलाम-जेठ १४ । सूर्योदय नगरपालिका-१४ कटुसेमा बस्ने ५१ वर्षीय मोहन राईको करेन्ट लागेर आइतबार बिहान निधन भएको छ । घर नजिकै रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका राईलाइ फिक्कल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा बाकी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले कार्यालयले जनाएको छ ।