• अशोज १६, २०८१
  • No Comment
  • 193

चाडपर्वलाई लक्षित गर्दै चौकुने गाउँपालिकामा उद्योग तथा वाणिज्य शाखाको अनुगमन शुरु

दशैलाई लक्षित गर्दै चौकुने गाउँपालिकामा उद्योग तथा बाणिज्य शाखाले बजार अनुगमनलाई तिब्रता दिएको छ । दशै नजिकिदै गर्दा मासुजन्य पसल, खाध्य स्टोर्स लगायतका पसलहरुमा विक्रि वितरण बढ्ने हुदा गुटुको विशाल बजार क्षेत्रका पसलहरुको अनुगमन गरिएको छ । बजार क्षेत्रमा कतिपय पसलहरु अब्यवस्थित र नवीकरण नै नगरि संचालन हुदै आएको गुनासो आएकाले चौकुने गाउँ पालिकाका उपाध्यक्ष नर बहादुर बान्तोलाको संयोजकमा अनुगमन गरिएको हो ।

चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशै आउन करिब केहि दिन पहिले नै अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो । बजार अनुगमन व्यवसायीहरूलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले शुरु नभएको पनि उपाध्यक्ष बान्तोलाले स्पष्ट पार्नु भएको छ । बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउने बताउनु भएको छ ।उपाध्यक्षको नेतृत्वको टोलीले विशाल बजार क्षेत्रको प्रतिक्षालय देखि सबै चोक सम्मका ,खाद्यान्न पसल, किराना पसल, गोदाम, माछा मासुपसल , तरकारी, फलफूल, मिठाई पसल, होटेल, भेटेरिनरी, मेडिकल हल लगायतमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कतिपय पसल दर्ता नै नगरी संचालन भएको र कतिपय पसलमा सरसफाईको कमी रहेको पाइएकाले तत्काल सरसफार्ई गरी बिक्रि बितरण गर्न र नवीकरण नभएका पसलहरुलाई तत्काल नवीकरण गर्न समेत निर्देशन दिइएको उद्योग तथा बाणिज्य शाखा प्रमुख बर्षा घर्तीले बताउनु भएको छ अनुगमनमा ,ईलाका प्रहरी कार्यालय गुटु ,स्वास्थ्यकर्मी वडा न ८ का वडा अध्यक्ष कमल जि सी, बजार ब्यबस्थापन समितिका अध्यक्ष मान बहादुर श्रेष्ठ ,पत्रकार लगायतका बिभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

स्थानीय विपद व्यवस्थापन समिति तथा सरोकारवालामा वालमैत्री सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्थानीय विपद व्यवस्थापन समिति तथा सरोकारवालामा वालमैत्री सम्बन्धि अभिमुखिकरण…

चौकुने । सुर्खेतको चौकुने गाँउपालिकामा स्थानिय विपद व्यवस्थापन समिति र सरोकारवालामा वालमैत्री पुर्व सुचना प्रणाली सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न…
नेपाल शिक्षक महासंघ चौकुनेले पालिकालाई बुझायो ध्यानाकर्षण पत्र

नेपाल शिक्षक महासंघ चौकुनेले पालिकालाई बुझायो ध्यानाकर्षण पत्र

चौकुने। नेपाल शिक्षक महासंघ चौकुनेले चौकुने गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । संगठनले पालिकामा नै पुगेर ध्यानाकर्षण पत्र बुझाएको नेपाल शिक्षक…
चौकुने गाउँपालिकामा भदौ ६ गते निःशुल्क मानसिक स्वास्थ्य उपचार तथा परामर्श शिविर सन्चालन हुने

चौकुने गाउँपालिकामा भदौ ६ गते निःशुल्क मानसिक स्वास्थ्य उपचार…

चौकुने। सुर्खेतको चौकुने गाउँपालिकाको गुटु स्वास्थ्य चौकीमा आगामी भदौ ६ गते शुक्रवार निःशुल्क मानसिक स्वास्थ्य उपचार तथा परामर्श शिविर सञ्चालन हुने…

Leave a Reply

Your email address will not be published. Required fields are marked *