- कार्तिक २, २०८२
- No Comment
- 8
झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।
मृतक १७ वर्षीय पियुसकुमार साह वीरगञ्ज महानगरपालिका–१, छपकैयाका बासिन्दा हुन्।
शनिबार साँझ आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती जोड्ने क्रममा साह अचानक वाइरिङको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। तत्काल उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको पर्सा प्रहरीले जनाएको छ।
पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पतालमै राखिएको छ।
तिहार नजिकिँदै गर्दा घर सजाउने क्रममा विद्युत् सुरक्षा प्रति सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।