- असार २५, २०८१
- No Comment
- 219
एसईई परीक्षामा कर्णाली प्रदेशकै उत्कृष्ट विद्यार्थीलाई सम्मान
वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोइली स्थित भ्याली मेरीडीयन एकेडेमीले एसईई परीक्षामा ४ जि.पी.ए ल्याएर कर्णाली प्रदेश प्रथम हुन सफल छात्र दिनेश शर्मालाई सम्मान गरेको छ । उक्त सम्मान कार्यक्रममा सोहि विद्यालयका संस्थापक पदम बहादुर खड्काले विद्यार्थीलाई प्रोत्साहन स्वरुप रु १००००० (एक लाख ) पुरस्कार प्रदान गरेका छन् ।
संस्थापक खड्काले सो पुरस्कार आफ्नो स्वर्गिय पिता शंकर खड्काको सम्झनामा स्थापित संकर स्मृती कोषबाट उपलब्ध गराएका हुन् । यसै अनुरुपको पुरस्कार अबको बर्षहरुमा पनि यस विद्यालयबाट एसईई परीक्षामा ४ जि.पि.ए. ल्याई कर्णाली प्रदेश प्रथम हुने सबै विद्यार्थीहरुलाई प्रदान गर्ने जानकारी दिएका छन् ।