• कार्तिक २, २०८२
  • No Comment
  • 33

यमराजको दूत कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर श्रद्धा र भक्ति पूर्वक मनाइँदैछ। यमराजका दूतका रूपमा मानिने कागलाई बिहानै मीठा खानेकुरा, विशेषगरी दही भात, अर्पण गरी पूजा गरिँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आज आइतबार सूर्योदयको समयमा त्रयोदशी तिथि परेको कारण शास्त्रीय विधिअनुसार यही दिन काग तिहार मनाइने निर्णय गरिएको हो।

हिन्दु धर्मशास्त्र अनुसार कागलाई यमराजका दूतका रूपमा मानिन्छ। जनविश्वासअनुसार कागले यमराजलाई पृथ्वीको खबर पुर्‍याउने गर्छ, त्यसैले आजको दिन कागलाई खुसी पार्दा यमराजसमक्ष शुभ सन्देश पुग्ने विश्वास छ।
लोकप्रचलनमा पनि काग घर वरिपरि कराएमा शुभ समाचार ल्याएको मानिन्छ र “शुभ बोल, शुभ बोल” भन्दै स्वागत गरिन्छ।

‘काकेन दधि भक्षितम्’ भन्ने उक्ति अनुसार कागलाई दहीभात मन पर्ने भएकाले आज दहीभात, अन्न र मीठा परिकार अर्पण गर्ने चलन छ। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आयोजना गरिएको छ। हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको मूर्तिलाई विशेष रूपमा पूजाअर्चना गरिँदैछ।

तिहार पर्वको सुरुवातसँगै यम दीपदान पनि सुरु भएको छ। शनिबार साँझदेखि परिवारका सदस्यका नाममा दक्षिण फर्काएर दीपदान गर्ने परम्परा रहेको छ। यसलाई यमयातनाबाट मुक्ति प्राप्त गर्ने उपाय मानिन्छ।

यस वर्ष तिथिको घटबढका कारण शनिबार साँझैदेखि यमपञ्चक सुरु भइसकेको हो। त्यसै दिन धनतेरस पर्व पनि मनाइएको थियो, जसमा गरगहना र तामाका भाँडाकुँडा किन्ने परम्परा छ। धार्मिक विश्वास अनुसार यस दिन खरिद गरिएका वस्तुले लक्ष्मी स्थिर राख्ने मान्यता छ।

काग तिहारसँगै सुरु भएको पाँचदिने यमपञ्चक (तिहार) पर्व क्रमशः कुकुर तिहार, गाई तिहार, गोवर्द्धन पूजा, भाइटीका आदि उत्सवसँग निरन्तर मनाइनेछ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *