• भदौ १९, २०८२
  • No Comment
  • 210

स्थानीय विपद व्यवस्थापन समिति तथा सरोकारवालामा वालमैत्री सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

चौकुने । सुर्खेतको चौकुने गाँउपालिकामा स्थानिय विपद व्यवस्थापन समिति र सरोकारवालामा वालमैत्री पुर्व सुचना प्रणाली सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । चौकुने गाँउपालिकाको साझा हलमा भएको कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेको अध्यक्षतामा युनिसेफको सहयोग,सोसेक नेपालको समन्वयमा र चौकुने गाउँपालिकाको आयोजनामा स्थानिय विपद व्यावस्थापन समिति सदस्य र विभिन्न सरोकारवालाका सदस्यहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो ।

उक्त कार्यक्रममा चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपानेले विपद् व्यवस्थापनमा काम गर्न योजनाबद्ध तरिकाले काम गर्नुपर्ने जरुरी रहेको कुरा पहिचान गरिएको बताउनुभयो । साथै स्थानिय सरकारको जिम्मेवारीहरु थुप्रै भएपनि विपद् व्यवस्थालाई संगै लगेर जानुपर्ने बताउनुभयो उहाँले हाम्रो जस्तो विकट ठाउँमा हुने नमुना घट्ना अभ्यासले हाम्रो क्षमताको पहिचान गर्ने बताउनुभयो । कार्यक्रममा जल तथा मौसम विज्ञान विभागले जारी गर्ने, ऋतुगत हावापानी आकंलन, विशेष मौसम बुलेटिन, ३ दिने मौसम तथा बाढी पूर्वानुमान बुलेटिनका साथै प्रभावमा आधारित मौसमा पूर्वानुमान बुलेटिनका बारेमा जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीले प्रस्तुतीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा चौकुने गाउँपालिकाका प्रशासकीय अधिकृत ,वडा अध्यक्षज्युहरु, विपद् व्यवस्थापन समिति सदस्यहरु, विषयगत शाखा प्रमुख लागायतका कर्मचारीहरु, विपद व्यवस्थापन शाखा, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका विपद सम्पर्क व्यक्ति, स्थानीय सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, रेडक्रस, पत्रकार लगायत विभिन्न आयोजना तथा परियोजनाका प्रतिनिधि, प्रतिबद्ध परियोजना, स्थानीय लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रमको संचालन चौकुने गाउँपालिका विपद ब्यवस्थापन शाखा प्रमुख पदमराज शर्माले गर्नु भएको थियो

सम्बन्धित खबर

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिका वडा नं. ८ को कार्यालयद्वारा वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ। चिसो मौसमलाई मध्यनजर…
चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन गरिएको छ। चौकुने गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा चौकुने महिला तथा बालबालिका शाखाले…
चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सम्पन्न

चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर…

चौकुने। सुर्खेतको चौकुने गाउँपालिका र साईनिङ्ग आई.एन.एफ. नेपाल, सुर्खेतको साझेदारीमा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सञ्चालन गुटु स्वास्थ्य चौकीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *