• साउन २९, २०८२
  • No Comment
  • 262

चौकुने गाउँपालिकामा भदौ ६ गते निःशुल्क मानसिक स्वास्थ्य उपचार तथा परामर्श शिविर सन्चालन हुने

चौकुने। सुर्खेतको चौकुने गाउँपालिकाको गुटु स्वास्थ्य चौकीमा आगामी भदौ ६ गते शुक्रवार निःशुल्क मानसिक स्वास्थ्य उपचार तथा परामर्श शिविर सञ्चालन हुने भएको छ। शिविरमा मानसिक रोग विशेषज्ञ डाक्टर दीपिका विधानले उपचार र परामर्श प्रदान गर्नुहुने भएको छ ।

शिविरमा शङ्का गर्ने, बिना कारण खुसी हुने, अनौठो व्यवहार देखाउने, राती उठेर हिँड्ने, आवश्यकता भन्दा बढी कुरा गर्ने जस्ता लक्षण भएका बिरामी, आत्महत्याको इच्छा हुने, आफूलाई बेकार महसुस गर्ने, आत्मबल तथा मनोबल घट्ने, इच्छाशक्ति कम हुने, शारीरिक कमजोरी महसुस हुने, बेहोस हुने, मुखबाट फिँज आउनु, जिब्रो टोक्ने, झडका आउने, अत्यधिक चिन्ता, डर, झर्को मान्ने, निदाउन नसक्ने लगायतका समस्या भएका व्यक्तिहरूलाई उपचार सेवा दिइने गुटु स्वास्थ्य चौकीका बरिस्ठ जनस्वास्थ्य निरीक्षक गगन सिंह पाण्डेले जानकारी दिनु भएको छ ।

कार्यक्रमको आयोजना सिएमसि नेपाल, थापाथली काठमाडौँले गरेको हो भने समन्वय र सहजिकरण चौकुने गाउँपालिकाले गरेको छ ।चौकुने गाउँपालिकाले यस्ता लक्षण भएका बिरामीलाई अवसरको लाभ लिन आग्रह गरेको छ ।

सम्बन्धित खबर

स्थानीय विपद व्यवस्थापन समिति तथा सरोकारवालामा वालमैत्री सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्थानीय विपद व्यवस्थापन समिति तथा सरोकारवालामा वालमैत्री सम्बन्धि अभिमुखिकरण…

चौकुने । सुर्खेतको चौकुने गाँउपालिकामा स्थानिय विपद व्यवस्थापन समिति र सरोकारवालामा वालमैत्री पुर्व सुचना प्रणाली सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न…
नेपाल शिक्षक महासंघ चौकुनेले पालिकालाई बुझायो ध्यानाकर्षण पत्र

नेपाल शिक्षक महासंघ चौकुनेले पालिकालाई बुझायो ध्यानाकर्षण पत्र

चौकुने। नेपाल शिक्षक महासंघ चौकुनेले चौकुने गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । संगठनले पालिकामा नै पुगेर ध्यानाकर्षण पत्र बुझाएको नेपाल शिक्षक…
चौकुने गाउँपालिकाको  सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौकुने। सुर्खेतको चौकुने गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि पिपल्स् एक्सेस नेपाल प्रा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *