• साउन २९, २०८२
  • No Comment
  • 449

चौकुने गाउँपालिकामा भदौ ६ गते निःशुल्क मानसिक स्वास्थ्य उपचार तथा परामर्श शिविर सन्चालन हुने

चौकुने। सुर्खेतको चौकुने गाउँपालिकाको गुटु स्वास्थ्य चौकीमा आगामी भदौ ६ गते शुक्रवार निःशुल्क मानसिक स्वास्थ्य उपचार तथा परामर्श शिविर सञ्चालन हुने भएको छ। शिविरमा मानसिक रोग विशेषज्ञ डाक्टर दीपिका विधानले उपचार र परामर्श प्रदान गर्नुहुने भएको छ ।

शिविरमा शङ्का गर्ने, बिना कारण खुसी हुने, अनौठो व्यवहार देखाउने, राती उठेर हिँड्ने, आवश्यकता भन्दा बढी कुरा गर्ने जस्ता लक्षण भएका बिरामी, आत्महत्याको इच्छा हुने, आफूलाई बेकार महसुस गर्ने, आत्मबल तथा मनोबल घट्ने, इच्छाशक्ति कम हुने, शारीरिक कमजोरी महसुस हुने, बेहोस हुने, मुखबाट फिँज आउनु, जिब्रो टोक्ने, झडका आउने, अत्यधिक चिन्ता, डर, झर्को मान्ने, निदाउन नसक्ने लगायतका समस्या भएका व्यक्तिहरूलाई उपचार सेवा दिइने गुटु स्वास्थ्य चौकीका बरिस्ठ जनस्वास्थ्य निरीक्षक गगन सिंह पाण्डेले जानकारी दिनु भएको छ ।

कार्यक्रमको आयोजना सिएमसि नेपाल, थापाथली काठमाडौँले गरेको हो भने समन्वय र सहजिकरण चौकुने गाउँपालिकाले गरेको छ ।चौकुने गाउँपालिकाले यस्ता लक्षण भएका बिरामीलाई अवसरको लाभ लिन आग्रह गरेको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिका वडा नं. ८ को कार्यालयद्वारा वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ। चिसो मौसमलाई मध्यनजर…
चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन गरिएको छ। चौकुने गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा चौकुने महिला तथा बालबालिका शाखाले…
चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सम्पन्न

चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर…

चौकुने। सुर्खेतको चौकुने गाउँपालिका र साईनिङ्ग आई.एन.एफ. नेपाल, सुर्खेतको साझेदारीमा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सञ्चालन गुटु स्वास्थ्य चौकीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *