• असार २५, २०८१
  • No Comment
  • 633

विराटनगरमा ‘ग्याङ फाइट’ : एक जनाकाे मृत्यु, चार पक्राउ

विराटनगरमा सोमबार राति दुई ग्याङबीचको हिंसात्मक भिडन्तले २१ वर्षीय एक युवकको ज्यान लिएको छ। युवकको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–२, नेपाल टेलिकम नजिकै भएकाे दुई समूहबीचको झडपमा कटहरी गाउँपालिका–१, जमटोकीका करण कामतको हत्या भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सोमबार राति १० बजेतिर अघिल्लो दिनको सामान्य विवादले ग्याङ फाइटको रूप लिएकाे थियाे। जसमा कामतको ज्यान गएको हो।

भिडन्तमा कामतकाे छाती र कम्मरमा कैंचीले गहिरो चोट लागेका थियाे। लग्तै उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याइएकाे थियाे। डिएसपी बस्नेतले भने, ‘कोशी अस्पतालमा उपचारका लागि लगिए पनि थप उपचारका लागि नोबेल लगिएको थियो।’ र पनि उपचारकै क्रममा उनकाे मृत्यु भएकाे डिएसपी बस्नेतले जानकारी दिए।

घटनामा गम्भीर घाइते भएका कामतका साथी विक्रम मण्डल र अमन राय पनि अस्पतालमा उपचाररत छन्। रायको अवस्था गम्भीर रहेको छ भने मण्डलको अवस्था मध्यम छ।

घटनामा संलग्न भएको आरोपमा विराटनगर–११ घर भई विराटनगर–२ स्थित विराट नर्सिङ होमअगाडि डेरा गरेर बस्दै आएका सोनु गिरी, ताप्लेजुङको दोखु घर भई नर्सिङ होमअगाडि डेरा बस्दै आएका सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरको भुल्के घर भई नर्सिङ होमअगाडि डेरा बस्दै आएका सञ्जय पुरी र मोरङको रंगेली घर भई विराटनगर–२ स्थित शनीहाटमा डेरा बस्दै आएका १६ वर्षीय बालकलाई पक्राउ गरिएको छ।

घटनामा प्रयोग गरिएको कैंची विराट नर्सिङ होमअगाडिको गोलबजार फार्मेसीबाट बरामद भएको प्रहरीले जनाएकाे छ। शेर्पा र पुरी नर्सिङ होमअगाडिको फार्मेसीमा काम गर्थे। घटनामा संलग्नलाई उनीहरु बस्दै आएको स्थानबाट मंगलबार बिहान पक्राउ गरिएको हो।

प्रहरीका अनुसार, विवादपछि रिसइबी साँधेर बसेको मृतक र घाइते पक्षका १२-१३ जनाको समूहले बाटो ढुकेर पीडक पक्षका युवाहरुलाई सुरुमा आक्रमण गरेको पाइएकाे छ। पीडक पक्षका युवाहरुले पनि काम सकेर घुम्न निस्किएका बेला आफूहरुमाथि बाटो ढुकेर बसेको समूहले सुरुमा आक्रमण गरेको प्रहरीलाई बताएका छन्।

‘ग्याङ फाइट’ का क्रममा दोहोरो हानाहान हुँदा शेर्पाले साथमा बोकेको कैंची निकालेर अर्को पक्षका युवाहरुलाई जथाभावी प्रहार गरेको प्रहरीले जनाएको छ।

घटनास्थलमा फेला परेको मोबाइलको आधारमा घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको डिएसपी बस्नेतले बताए। उनले भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको छ र घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको छ।’

सम्बन्धित खबर

कस्ता व्यक्तिले कफी पिउनु हुँदैन?

कस्ता व्यक्तिले कफी पिउनु हुँदैन?

काठमाडौँ — कफी धेरैको मनपर्ने पेय पदार्थ हो। कतिपय मानिस दिनको सुरुआत कफीबाटै गर्छन् भने केहीले दिनभरि पटक–पटक कफी पिउने बानी…

Hitri Izplačilni Raj: Katera Spletna Kazina v Sloveniji Izplačuje…

Uvod: Zakaj So Hitra Izplačila Ključna za Izkušene Igralce Za redne igralce v spletnih kazinih, čas ni le denar – je…

Free Offline Slot Machine: Play Your Favorite Online Casino…

Are you a fan of gambling establishment games but do not always have a web connection? Don’t stress, since cost-free offline…

Leave a Reply

Your email address will not be published. Required fields are marked *