• असार २५, २०८१
  • No Comment
  • 628

युरो कपको फाइनलमा पुग्न फ्रान्स र स्पेनबिच प्रतिस्पर्धा हुँदै

युरो कप २०२४ को फाइनलमा पुग्न मंगलबार राती फ्रान्स र स्पेनबिच पहिलो सेमिफाइनल खेल हुँदैछ ।

नेपाली समय अनुसार जर्मनीको म्युनिखमा राती १२:४५ बजे खेल हुनेछ । स्पेन आयोजक जर्मनीलाई अतिरिक्त समयमा २ – १ गोलबाट तथा फ्रान्स पेनाल्टीमा पोर्चुगललाई ५- ३ गोलबाट हराउँदै फाइनलमा पुगेका हुन ।

बिजेताले इङ्गल्यान्ड र नेदरल्याण्ड्स बिरुद्धको खेलको बिजेता विरुद्ध उपाधिका लागि खेल्नेछ।

स्पेन र फ्रान्सबिच अहिलेसम्म ३६ वटा अन्तर्राष्ट्रिय खेल भएको छ । स्पेनले १६ खेलमा फ्रान्सलाई हराएको छ भने फ्रान्स १३ खेलमा विजयी भएको छ । फिफा वरीयतामा फ्रान्स दोस्रो तथा स्पेन स्पेन आठौँ स्थानमा रहेका छन् ।

युरो कपमा स्पेनको यो १२औँ सहभागिता हो भने फ्रान्सको यो ११औँ सहभागिता हो । स्पेनले तीन पटक युरो कप जित्दा फ्रान्सले दुई पटक युरो कप उपाधि जितेको छ । फ्रान्स र स्पेन दुवैले विश्वकपको उपाधि पनि जितेका छन् । फ्रान्सले दुई पटक र स्पेनले एक पटक विश्वकपको उपाधि जितेका छन् ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *