• असार २५, २०८१
  • No Comment
  • 815

युरो कपको फाइनलमा पुग्न फ्रान्स र स्पेनबिच प्रतिस्पर्धा हुँदै

युरो कप २०२४ को फाइनलमा पुग्न मंगलबार राती फ्रान्स र स्पेनबिच पहिलो सेमिफाइनल खेल हुँदैछ ।

नेपाली समय अनुसार जर्मनीको म्युनिखमा राती १२:४५ बजे खेल हुनेछ । स्पेन आयोजक जर्मनीलाई अतिरिक्त समयमा २ – १ गोलबाट तथा फ्रान्स पेनाल्टीमा पोर्चुगललाई ५- ३ गोलबाट हराउँदै फाइनलमा पुगेका हुन ।

बिजेताले इङ्गल्यान्ड र नेदरल्याण्ड्स बिरुद्धको खेलको बिजेता विरुद्ध उपाधिका लागि खेल्नेछ।

स्पेन र फ्रान्सबिच अहिलेसम्म ३६ वटा अन्तर्राष्ट्रिय खेल भएको छ । स्पेनले १६ खेलमा फ्रान्सलाई हराएको छ भने फ्रान्स १३ खेलमा विजयी भएको छ । फिफा वरीयतामा फ्रान्स दोस्रो तथा स्पेन स्पेन आठौँ स्थानमा रहेका छन् ।

युरो कपमा स्पेनको यो १२औँ सहभागिता हो भने फ्रान्सको यो ११औँ सहभागिता हो । स्पेनले तीन पटक युरो कप जित्दा फ्रान्सले दुई पटक युरो कप उपाधि जितेको छ । फ्रान्स र स्पेन दुवैले विश्वकपको उपाधि पनि जितेका छन् । फ्रान्सले दुई पटक र स्पेनले एक पटक विश्वकपको उपाधि जितेका छन् ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *