• कार्तिक १, २०८२
  • No Comment
  • 27

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका प्रान्तमा भएको पाकिस्तानी आक्रमणमा कबीर, सिब्घतुल्लाह र हारुन नामका तीन खेलाडीले ज्यान गुमाएका छन्।

एसीबीले शुक्रबार साँझ भएको सो आक्रमणको निन्दा गर्दै आगामी नोभेम्बरमा पाकिस्तानसँग खेलिन लागेको त्रिकोणीय टी-२० सिरिजमा भाग नलिने निर्णय गरेको छ। बोर्डले सामाजिक सञ्जालमार्फत तीनै खेलाडीका तस्बिर सार्वजनिक गर्दै भनेको छ,

“यी खेलाडीहरूलाई पाकिस्तानबाट गरिएको लक्षित आक्रमणमा ज्यान गुमाउनुपर्‍यो। यो खेल र मानवताको विरोधमा गरिएको अमानवीय कार्य हो।”

बोर्डका अनुसार सो घटनामा खेलाडीहरूसहित अन्य पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको छ।

एसीबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,

“हाम्रा प्रिय खेलाडीहरूप्रति सम्मानस्वरूप र यस दुखद घटनाप्रति विरोध जनाउँदै, अफगानिस्तान क्रिकेट बोर्डले पाकिस्तानसँग नोभेम्बरको अन्त्यमा हुने त्रिकोणीय टी-२० सिरिजबाट फिर्ता लिने निर्णय गरेको छ।”

उक्त सिरिज पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिंडीमा आयोजना हुने तय भएको थियो।

यस घटनाबारे पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *