• कार्तिक २, २०८२
  • No Comment
  • 345

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु नगरपालिका–९, पिपलपानी घर भएका ३४ वर्षीय पाण्डे करिब दुई वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए।

पाण्डे लिस्बन नजिकको सिन्ट्रा क्षेत्रबाट बेपत्ता भएका हुन्। उनका साथी विदुर तामाङका अनुसार पाण्डे आइतबार राति फोन आएपछि घरबाट निस्किएका थिए र त्यसपछि उनी सम्पर्कमा आएनन्। “उनी सोमबार काममा पनि गएनन्। त्यसपछि हामीले खोजी सुरु गर्‍यौँ,” तामाङले बताए।

पाण्डेले बेपत्ता हुनुभन्दा केही अघि नेपालमा रहेका आफन्तलाई फोन गरी “केही दिन सम्पर्कमा रहन्न” भनेका थिए भन्ने जानकारी पनि प्राप्त भएको छ। उनीसँगै काम गर्ने साथीहरूले सोमबारदेखि उनको खोजी गरिरहेका छन्।
तामाङका अनुसार पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड, राहदानी र अन्य सबै व्यक्तिगत सामान उनी बस्ने कोठामै भेटिएको छ।

बेपत्ता पाण्डेको परिवारमा वृद्ध बुबा–आमा र दिदीबहिनी छन्। परिवारले छोराको सुरक्षित फिर्तीका लागि पोर्चुगलस्थित नेपाली समुदाय र सम्बन्धित निकायसँग खोजी सहयोगको आग्रह गरेको छ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले पाण्डे बेपत्ता भएको जानकारी पाएपछि तत्काल स्थानीय प्रहरी प्रशासनलाई खबर गरी खोजबिन सुरु गरिएको जनाएका छन्।
“दूतावासले उनको खोजीका लागि सक्दो पहल गरिरहेको छ,” राजदूत पौडेलले भने।

क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल पुगेका पाण्डे हाल सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए। हालसम्म उनको अवस्थाबारे कुनै थप जानकारी प्राप्त हुन सकेको छैन।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *