• भदौ १३, २०८२
  • No Comment
  • 116

नेपाल शिक्षक महासंघ चौकुनेले पालिकालाई बुझायो ध्यानाकर्षण पत्र

चौकुने। नेपाल शिक्षक महासंघ चौकुनेले चौकुने गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । संगठनले पालिकामा नै पुगेर ध्यानाकर्षण पत्र बुझाएको नेपाल शिक्षक महासंघ चौकुनेका उपाध्यक्ष रतनसिंह थापाले जानकारी दिनुभएको छ । ध्यानाकर्षण पत्रमा ‘देशमा गुणस्तरीय विद्यालय शिक्षाको प्रवद्र्धन र शिक्षक कर्मचारीको पेशागत मान्यतासम्बन्धी सम्बोधन गराउन नेपाल शिक्षक महासंघ निरन्तर क्रियाशील रहेको सन्दर्भमा स्मरण गराउँदछौं । २०७५, २०७८ र २०८० सालमा सञ्चालित आन्दोलनको बलमा नेपाल सरकारसंग सहमति गरिसकेको छन् ।अब स्थायी, राहत, साविक उच्च माध्यमिक शिक्षक, शिक्षण सिकाई अनुदान, अस्थायी÷करार, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालयका शिक्षक कर्मचारीलगायत सबै खाले शिक्षकलाई र विद्यालय कर्मचारीका सबै माग मुद्धाहरु सम्बोधन हुने गरि विद्यालय, विद्यार्थीै , शिक्षक कर्मचारी मै अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्ने कामबाट राज्य आफ्नो बहाना गरि भाग्ने प्रयन्तमा रहेको देखिने लगायत विषय उल्लेख गरिएको छ ।

विद्यालय शिक्षा ऐन संसदीय प्रक्रियामा रहेकै बेला ऐनले सम्बोधन गर्नु पर्ने विषयमा आम शिक्षकहरुको भावना विपरित निवृत्तिभरण सम्बन्धि अध्यादेश जारी हुनुले पनि यो कुराको पुष्टि गर्दछ ।सरकारकै निर्णयबाट सम्बोधन हुन सक्ने बालकक्षा शिक्षक, विद्यालय कर्मचारी र संस्थागत विद्यालयका शिक्षकको लागि उचित तलवमान, शिक्षकको ग्रेड मिलान, शिक्षकका मर्यादाक्रम, शिक्षक अस्पताल, शिक्षक सरुवा कार्यविधि खारेजी, मासिक तलब भुक्तानी जस्ता सामान्य कामहरु समेत सम्बोधन नगरिनुबाट सरकारको शिक्षा, शिक्षक कर्मचारी विरोधी सोँच प्रष्ट हुन्छ । यसर्थ विगतमा भएका सबै सहमति सम्बोधन हुने गरि विद्यालय विद्यार्थी, शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन अव आन्दोलनमा जानु बाहेक कुनै विकल्प रहेन । महासंघले गर्ने आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभए सम्म नरोकिने र आम नेपाली विद्यार्थी, शिक्षक र कर्मचारीको न्यायिक मागहरु सम्बोधन हुने गरि विद्यालय शिक्षा ऐन जारी गराउने उद्धेश्यका साथ अघि बढेको यो आन्दोलनलाई सहयोग र समर्थन गर्न हामी विद्यार्थी, अभिभावक, जनप्रतिनिधिहरु तथा सबै शिक्षा सरोकार पक्षमा अपिल गर्नेछौं ।’ जारी ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिका वडा नं. ८ को कार्यालयद्वारा वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ। चिसो मौसमलाई मध्यनजर…
चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन गरिएको छ। चौकुने गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा चौकुने महिला तथा बालबालिका शाखाले…
चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सम्पन्न

चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर…

चौकुने। सुर्खेतको चौकुने गाउँपालिका र साईनिङ्ग आई.एन.एफ. नेपाल, सुर्खेतको साझेदारीमा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सञ्चालन गुटु स्वास्थ्य चौकीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *