• कार्तिक २७, २०८२
  • No Comment
  • 171

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु परिवर्तनका असर र विपद् व्यवस्थापनका उपायहरूबारे जानकारीमूलक सहजीकरण तथा अभिमुखीकरण कार्यक्रम चौकुने गाउँपालिका वडा नम्बर ८ को सभा हलमा सम्पन्न भएको छ। कार्यक्रम सोसेक नेपाल (SOSEC Nepal) को आयोजनामा तथा युनिसेफ (UNICEF) को आर्थिक सहयोगमा सम्पन्न गरिएको हो । कार्यक्रमको प्रशिक्षण तथा सहजीकरण चौकुने गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख श्री पदम राज शर्माले गर्नु भएको थियो।

शर्माले जलवायु परिवर्तनका कारण देखा परिरहेका प्राकृतिक विपद्—जस्तै असामान्य वर्षा, पहिरो, सुख्खा र तापक्रम वृद्धिले गाउँस्तरमा गम्भीर चुनौती उत्पन्न गरेको बताउनुभयो ।उहाँले स्थानीय समुदायले सचेतना, योजना र जोखिम न्यूनीकरणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनका असरहरू प्रत्यक्ष रूपमा देखिन थालेका कारण सामूहिक प्रयास र जनचेतना विस्तार अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा सोसेक नेपालका तेजेन्द्र दानी ,पार्बती बडुवाल ईलाका प्रहरी कार्यलयका कार्यलय प्रमुख कृ्ष्ण बहादुर बटला, ससस्त्र प्रहरी वल नेपाल गुटुका प्रमुख मीन बहादुर के सी ,बिभिन्न बिधालयका प्र अ , महिला समूहका प्रतिनिधि, विभिन्न बिधालयका बालवालिका ,युवा तथा समुदायका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले स्थानीय तहमा जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक संस्थाले जनाएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिका वडा नं. ८ को कार्यालयद्वारा वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ। चिसो मौसमलाई मध्यनजर…
चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन गरिएको छ। चौकुने गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा चौकुने महिला तथा बालबालिका शाखाले…
चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सम्पन्न

चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर…

चौकुने। सुर्खेतको चौकुने गाउँपालिका र साईनिङ्ग आई.एन.एफ. नेपाल, सुर्खेतको साझेदारीमा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सञ्चालन गुटु स्वास्थ्य चौकीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *