- पुस २९, २०८२
- No Comment
- 356
चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सम्पन्न

चौकुने। सुर्खेतको चौकुने गाउँपालिका र साईनिङ्ग आई.एन.एफ. नेपाल, सुर्खेतको साझेदारीमा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सञ्चालन गुटु स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । कार्यक्रमका सभाअध्यक्ष चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाले अपाङ्गता भएका व्यक्तिहरूको समयमै स्वास्थ्य परीक्षण र आवश्यक सेवा पहिचान गर्नु अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँले यस प्रकारका शिविरले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपानेले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, पुनःस्थापना र समावेशी विकासका लागि गाउँपालिका निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो। उहाँले आई.एन.एफ. नेपालसँगको सहकार्य आगामी दिनमा अझ प्रभावकारी बनाइने पनि बताउनुभयो।
त्यसैगरी विशेष अतिथिहरू प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क र चौकुने गाउँपालिका सामाजिक विकास संयोजक कमल जी.सी.ले अपाङ्गता भएक नागरिकहरूको आवश्यकता पहिचान गरी उचित सेवा तथा सहयोग उपलब्ध गराउन यस्तो कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो। शिविरमार्फत स्थानीय अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक सहयोग, परामर्श तथा सेवा पहिचान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम चौकुने गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो भने कार्यक्रम सञ्चालन आई.एन.एफ. सुर्खेतका कर्मचारी उदय हमालले गर्नुभएको थियो।



