- असार १२, २०८३
- No Comment
- 12
काठमाडौँ उपत्यकाका १५ अवैध कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता तथा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेका १५ वटा कन्सल्टेन्सीका १८ सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। अनुगमनका क्रममा अवैध रूपमा सञ्चालनमा रहेका कन्सल्टेन्सी फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको प्रहरीले जनाएको छ।



