• असार १३, २०८३
  • No Comment
  • 1

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो।

सीआईबीका प्रवक्ता अनुपम शमशेर जबरा का अनुसार शेर्पालाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। अनुसन्धान अनुसार हात्तीगौंडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीमा कार्यकारी प्रमुखको जिम्मेवारीमा रहँदा उनले करिब रु ८ करोड ७८ लाख ३० हजार रकम अपचलन गरी व्यक्तिगत लाभ लिएको आरोप छ।

प्रहरीले विद्यालयलाई हानि पुग्ने गरी भक्तपुरको दधिकोटस्थित २९ रोपनी ४ आना जग्गा आफू सम्बद्ध कम्पनीमा बिक्री गरेको तथा विद्यालयको स्रोतबाट जग्गा र सवारी साधन खरिद गरेको आशंका गरेको जनाएको छ। यस सम्बन्धमा परेको उजुरी अदालतको आदेशपछि दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

काठमाडौँ उपत्यकाका १५ अवैध कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ

काठमाडौँ उपत्यकाका १५ अवैध कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता तथा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेका १५ वटा कन्सल्टेन्सीका १८ सञ्चालकलाई…
सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण…

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…
जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…

Leave a Reply

Your email address will not be published. Required fields are marked *