• पुस ३०, २०८२
  • No Comment
  • 340

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिका वडा नं. ८ को कार्यालयद्वारा वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ। चिसो मौसमलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा १०१ वर्षीया ज्येष्ठ आमा लिलावती घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बिवस बासपाने रहनुभएको थियो भने विशेष अतिथिका रूपमा नर बहादुर बान्तोला सहभागी रहनुभएको थियो। कार्यक्रममा वडा सदस्यहरू एलिसा बुढामगर, मान बहादुर श्रेष्ठ लगायत अन्य जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले ज्येष्ठ नागरिकहरू समाजका अमूल्य धरोहर भएको उल्लेख गर्दै उनीहरूको सम्मान, सेवा र संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो। र वडा अध्यक्ष कमल जि.सिले वडा कार्यालयले आगामी दिनमा पनि ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ।न्यानो कपडा पाएपछि ज्येष्ठ नागरिकहरूले वडा कार्यालयप्रति धन्यवाद दिदै खुशी व्यक्त गरेका थिए।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन गरिएको छ। चौकुने गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा चौकुने महिला तथा बालबालिका शाखाले…
चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सम्पन्न

चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर…

चौकुने। सुर्खेतको चौकुने गाउँपालिका र साईनिङ्ग आई.एन.एफ. नेपाल, सुर्खेतको साझेदारीमा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सञ्चालन गुटु स्वास्थ्य चौकीमा…
सुर्खेतकाे चौकुने गाउँपालिकामा कृतिम आगलागी घटना अभ्यास कार्यक्रम सम्पन्न

सुर्खेतकाे चौकुने गाउँपालिकामा कृतिम आगलागी घटना अभ्यास कार्यक्रम सम्पन्न

चौकुने। चौकुने गाउँपालिकाको आयोजना तथा सोसेक नेपाल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस गुटुको सहजिकरणमा कृतिम आगलागी घटना अभ्यास सम्बन्धी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *