- असार ११, २०८३
- No Comment
- 11
जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा जुम्लाको तामती आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का जुम्लासहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको बताइएको छ।
यसअघि गत असार ७ गते कर्णालीकै हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडकै भूकम्प गएको थियो। उक्त भूकम्प दिउँसो २ बजेर ३२ मिनेटमा रेकर्ड गरिएको केन्द्रले जनाएको थियो।
चार दिनको अन्तरालमा कर्णाली प्रदेशका दुई जिल्लामा समान क्षमताका भूकम्प रेकर्ड भएपछि स्थानीयमा चासो बढेको छ। हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।



