• पुस २९, २०८२
  • No Comment
  • 362

चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन गरिएको छ। चौकुने गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा चौकुने महिला तथा बालबालिका शाखाले सहजिकरण गरेको थियो। कार्यक्रमका सभाअध्यक्ष चौकुने गाउँपालिकाका अध्यक्ष नर बहादुर बान्तोलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उद्योग वाणिज्य शाखाका उद्यम विकास सहजकर्ता योगेन्द्र कुमार सापकोटा तथा महिला विकास शाखाकी सहजकर्ता पार्वती जोशीको उपस्थिति रहेको थियो।

कार्यक्रमबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरिएको छ। गठित कार्यसमितिमा अध्यक्षमा माया थापा मगर चयन हुनु भएको छ। त्यसैगरी उपाध्यक्षमा चौकुने–१० माध्यमिक विद्यालयबाट प्रतिनिधित्व गर्नेगरी सदस्य चयन गरिएको छ। सचिवमा जमुना कडेल, सह–सचिवमा बिमल न्यौपाने तथा कोषाध्यक्षमा तेजेन्द्र परियार चयन हुनु भएको छ।

त्यसैगरी बाल संजालका सदस्यहरूमा कामना जोशी, बिनिता बि.क , करिश्मा साँवद र मनिषा धमाला चयन हुनु भएको छ।
कार्यक्रममा वक्ताहरूले बालअधिकार संरक्षण, बाल सहभागिता अभिवृद्धि तथा स्थानीय तहमा बालमैत्री शासन प्रणाली सुदृढ गर्न बाल संजालको महत्वपूर्ण भूमिका रहने बताएका थिए। नवगठित बाल संजालले चौकुने गाउँपालिकामा बालबालिकाको हक, हित र अधिकारका पक्षमा सक्रिय रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिका वडा नं. ८ को कार्यालयद्वारा वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ। चिसो मौसमलाई मध्यनजर…
चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सम्पन्न

चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर…

चौकुने। सुर्खेतको चौकुने गाउँपालिका र साईनिङ्ग आई.एन.एफ. नेपाल, सुर्खेतको साझेदारीमा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सञ्चालन गुटु स्वास्थ्य चौकीमा…
सुर्खेतकाे चौकुने गाउँपालिकामा कृतिम आगलागी घटना अभ्यास कार्यक्रम सम्पन्न

सुर्खेतकाे चौकुने गाउँपालिकामा कृतिम आगलागी घटना अभ्यास कार्यक्रम सम्पन्न

चौकुने। चौकुने गाउँपालिकाको आयोजना तथा सोसेक नेपाल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस गुटुको सहजिकरणमा कृतिम आगलागी घटना अभ्यास सम्बन्धी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *