• बैशाख ३०, २०८२
  • No Comment
  • 24

कसैले कसैसँग फोटो खिच्दैमा सरकार ढल्दैन : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँगको कुराकानीमा उनले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखीय सुधार आएको बताए । उनले दश महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वासको मत लिन जानु नपरेको बताए ।

उनले यो सरकारको पहिलो उद्देश्य राजनीतिक स्थिरता रहेको बताए । संविधान र व्यवस्था विरोधी गतिविधि कुनै पनि हिसाबमा स्वीकार्य नहुने उनले बताए । नीतिगत भ्रष्टाचार रोक्न आएको अख्तियार विद्येयक मिलेमतोमा अड्किएको छ नि भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री लेखकले भने, ‘त्यसमा छलफल भइरहेको छ । संसदमा भएका सबै विद्येयकलाई छलफलबाट टुंगोमा पुर्‍याउँछौँ । ’उनले कसैले कसैसँग फोटो खिचेको भरमा सरकार तलमाथि नहुने बताए । ’फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसँग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पूरा अवधि टिक्छ । फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन । यो गठनबन्धन कांग्रेस एमालेको बीचको सहमतिअनुसार पूरा अवधि सरकार टिक्छ

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४…

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका– ६ का अर्जुन गुरुले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका तीनका…
३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ अम्रसा भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *