• असार १०, २०८३
  • No Comment
  • 0

कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशमा मर्यादित महिनावारी व्यवस्थापनको वर्तमान अवस्था, चुनौती, अवसर तथा आगामी कार्यदिशाबारे बहुपक्षीय छलफल गर्ने उद्देश्यले “महिनावारी संवाद” कार्यक्रम सम्पन्न भएको छ।

मर्यादित महिनावारी व्यवस्थापन कर्णाली सञ्जाल (कदम) को आयोजनामा कर्णाली प्रदेश सरकारको समन्वय तथा विभिन्न साझेदार संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा कदम सञ्जालका अध्यक्ष घनश्याम केसीको अध्यक्षता, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यता तथा जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढाको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा “महिनावारी स्वास्थ्य तथा न्याय सम्बन्धी स्वीकृत मार्गदर्शन, २०८२” सम्बन्धी प्रस्तुति प्रस्तुत गरिएको थियो। साथै महिनावारीसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको टेलिशृंखला टुटेको सांग्लो समेत प्रदर्शन गरिएको थियो।

संवादमा स्वास्थ्यकर्मी, सरोकारवाला संस्था, पत्रकार, युवा प्रतिनिधि तथा अभियन्ताहरूले महिनावारी व्यवस्थापनसँग सम्बन्धित चुनौती, कार्यान्वयनका सम्भावना र सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री भण्डारीले मर्यादित महिनावारी व्यवस्थापनलाई मानव अधिकार र सम्मानसँग जोडिएको विषय भएको उल्लेख गर्दै प्रदेश सरकार आवश्यक सहयोगका लागि प्रतिबद्ध रहेको बताए।

सम्बन्धित खबर

पहिले सूचना लुकाउँदा अहिले बर्डफ्लुको जोखिम

पहिले सूचना लुकाउँदा अहिले बर्डफ्लुको जोखिम

 काठमाडौं । ललितपुरस्थित सदर चिडियाखानामा बर्डफ्लु संक्रमण फैलिएको विषय समयमै सार्वजनिक नगरिएको आरोपपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई…
सुर्खेतमा जबरजस्ती करणी मुद्दामा फरार रहेका रिजाल पक्राउ

सुर्खेतमा जबरजस्ती करणी मुद्दामा फरार रहेका रिजाल पक्राउ

सुर्खेत । जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११…
सदस्यता अद्यावधिकका नाममा सदस्यता खारेज गर्ने निर्णयप्रति कांग्रेसभित्र असन्तुष्टि

सदस्यता अद्यावधिकका नाममा सदस्यता खारेज गर्ने निर्णयप्रति कांग्रेसभित्र असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता अद्यावधिक नगरेका व्यक्तिलाई पार्टी सदस्य नरहने भनिएको अभिव्यक्तिप्रति असन्तुष्टि देखिएको छ। सभापतिले झापामा आयोजित कार्यक्रममा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *