• जेष्ठ २१, २०८२
  • No Comment
  • 18

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका– ६ का अर्जुन गुरुले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका तीनका २८ व छर्षीय तेजेन्द्र लिम्बूको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमका अनुसार गुरुङ र उहाँकी श्रीमती सरिता लिम्बू बुधबार बिहान सरिता लिम्बूकी फूफू योगमाया लिम्बूको घर फक्ताङलुङ गाउँपालिका–३ को तावा पुग्नुभएको थियो । राति नै गुरुङ र उहाँकी श्रीमतीबिच झगडा भए पछि योगमाया लिम्बूले सम्झाई बुझाई छिमेकी तेजेन्द्र लिम्बूको साथमा फुङ्लिङ नगरपालिका घर पठाउनुभएको थियो ।

तर फक्ताङलुङ गाउँपालिका–३ को सिस्ने खोला पुग्दा अर्जुन र तेजेन्द्रबिच झगडा हुँदा अर्जुनले खुकुरी प्रहार गर्नुभएको थियो । खुकुरी प्रहारपछि तेजेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले अर्जुन र सरिता दुवै जना फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४…
३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ अम्रसा भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका…
भर्चुअल बैठकबाट गृहमन्त्रीको राजीनामा मागेका रास्वपा केन्द्रीय समिति सदस्यहरू वनस्थलीमा बस्दै

भर्चुअल बैठकबाट गृहमन्त्रीको राजीनामा मागेका रास्वपा केन्द्रीय समिति सदस्यहरू…

आकस्मिक भर्चुअल बैठक बसेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ। आइतबार पनि रास्वपा केन्द्रीय समिति सदस्यहरू वनस्थलीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *