• असार ११, २०८३
  • No Comment
  • 26

अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष नियन्त्रणमा

धनगढी । अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका विभिन्न होटल तथा लजहरूमा प्रहरीले विशेष अभियान सञ्चालन गर्दै २४ जनालाई नियन्त्रणमा लिएको छ। अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा ११ महिला र १३ पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सात जना भारतीय नागरिक पुरुष रहेका छन्। नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।

धनगढीका केही होटलमा यौनधन्दा सञ्चालन भइरहेको आरोप र सूचनापछि बुधबार विशेष निगरानी तथा छापा अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। यसअघि पनि यस्तै प्रकृतिको अभियानमा महिला तथा पुरुष गरी ३० जना पक्राउ परेका थिए।

प्रहरीले होटल तथा लजहरूमा हुने गैरकानुनी गतिविधि नियन्त्रणका लागि निगरानी र अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण…

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…
जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *