• जेष्ठ २१, २०८२
  • No Comment
  • 20

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुने भएकाेछ। पहिलो खेलमा नेपालले स्कटल्याण्डमाथि १ विकेटको महत्वपुर्ण जित निकालेको थियो । नेपाल सोही लय दोहो¥याउने लक्ष्यका साथ मैदानमा उत्रनेछ । नेपालले नेदरल्याण्ड्ससँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ । गत वर्षको फेब्रुअरीमा कीर्तिपुरमै भएको एकदिवसीय शृंखलामा नेपालले १ खेल जित्दा १ खेलमा पराजित भएको थियो।

हालसम्म नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा भएका ५ खेलमध्ये २ खेल नेपालले जितेको छ भने नेदरल्याण्ड्सले ३ खेल जितेको छ । पछिल्लोपटक कीर्तिपुरमा भएको २ खेलमा १–१ को नतिजा हुनुअघि जिम्बावेको हरारेमा सन् २०२३ मा भएको विश्वकप छनोटको खेलमा नेदरल्याण्ड्स विजयी भएको थियो । त्यसअघि नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्ससँग सन् २०१८ मा खेल्दा पहिलो खेल हारेपनि दोस्रो खेल जितेको थियो र ओडिआईमा पहिलो जित निकालेको थियो । लिग २ को अंकतालिकामा २० खेलबाट २६ अंक भएको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ भने नेपाल १३ खेलमा ८ अंक जोडेर सातौं स्थानमा छ ।

 

सम्बन्धित खबर

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका– ६ का अर्जुन गुरुले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका तीनका…
३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ अम्रसा भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका…
भर्चुअल बैठकबाट गृहमन्त्रीको राजीनामा मागेका रास्वपा केन्द्रीय समिति सदस्यहरू वनस्थलीमा बस्दै

भर्चुअल बैठकबाट गृहमन्त्रीको राजीनामा मागेका रास्वपा केन्द्रीय समिति सदस्यहरू…

आकस्मिक भर्चुअल बैठक बसेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ। आइतबार पनि रास्वपा केन्द्रीय समिति सदस्यहरू वनस्थलीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *