• जेष्ठ १३, २०८२
  • No Comment
  • 34

३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ अम्रसा भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु ९ प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा परी मध्यविन्दु नगरपालिका–७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको हो।

बर्दघाट नगरपालिका–५ घर भई मध्यविन्दु–७ बस्ने २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते भएका छन्। घाइते लाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४…

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका– ६ का अर्जुन गुरुले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका तीनका…
भर्चुअल बैठकबाट गृहमन्त्रीको राजीनामा मागेका रास्वपा केन्द्रीय समिति सदस्यहरू वनस्थलीमा बस्दै

भर्चुअल बैठकबाट गृहमन्त्रीको राजीनामा मागेका रास्वपा केन्द्रीय समिति सदस्यहरू…

आकस्मिक भर्चुअल बैठक बसेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ। आइतबार पनि रास्वपा केन्द्रीय समिति सदस्यहरू वनस्थलीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *