बलात्कार गरेको आरोपमा पाल्पाका एक जना पक्राउ

दुई दिनअघि युवतीलाई बलात्कार गरेको आरोपमा पाल्पाका एक जना पक्राउ परेका छन् । पाल्पाको पुर्वखोला गाउँपालिका-३ दारोगौडा निवासी ३१ बर्षीय श्यामबहादुर दर्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हाे ।

दर्जीले घरमा कोही नभएको बेला सोही पालिकाकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप रहेको छ । बलात्कार गरेर फरार भएका दर्जी दोस्रो दिनमै पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी पुर्वखोला र जिल्ला प्रहरी कार्यालय तानसेनबाट खटिएको टोलीले दर्जीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थापाले जानकारी दिएका छन् ।