नारायणगढ- मुग्लिनमा पहिरोले दुवैतर्फ सडकखण्ड अबरुद्ध

पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड दुवैतर्फका यातायातका साधनहरु अबरुद्ध भएका छन् । बिहीबार सोहि सडकखण्डको जलबिरेमा पहिरो खसेको हुनाले दुईतर्फि नै सडक अबरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

रौतहटको सीमावर्ती क्षेत्र बंकुल चोकबाट नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ

रौतहटको सीमावर्ती क्षेत्र बंकुल चोकबाट नेपाली र भारतीय नक्कली नोटसहित एकजना भारतीय नागरिक पक्राउ भएको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाबाट सई जयराम यादवको कमान्डमा गएको टोलीले बंकुल चोकबाट भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोट सहित पक्राउ भएको हो । सक्सेनाको साथबाट नेपाली एकहजार दरको ५० थान, भारु २ हजार […]

झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा ट्याक्टरको ठक्करबाट एक युवकको निधन भएको छ । झापा गाउँपालिका ३ कत्लामारीको भित्री सडकमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक २० वर्षीय अख्तर अलीको उपचारको क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा गए राति निधन भएको प्रहरीले बताएको छ । उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ११ प २८२२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट गइरहेको मे १ […]

एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरुले जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारीमा

आज नेकपा एमालेले आफ्नो पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम हो । स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई प्रशिक्षण दिनका लागि यो कार्यक्रम गरीएको हो । स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई काठमाडौं आउन यसअघि नै […]

बाजुरामा वैशाख ३० मा भएको चुनावमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले पुन: चुनाव गर्ने माग

नेपाली काँग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनावको मिति घोषणा गर्न फेरी माग राखेको छ । वैशाख ३० भएको चुनावमा बुढीगंगामा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले पुनः चुनाव गर्ने निणर्य भएको हो । उक्त निणर्य भएको लामो समय भइसक्दा पनि चुनावको मिति घोषणा नभएपछि काँग्रेस जिल्ला सभापति रामसिंह रावलले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग […]

मनोज पाण्डे विरुद्ध दुईवटा मुद्दा दर्ता, १८ वर्ष कैद सजाय गर्न माग दाबी

बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेवरिुद्ध जल्लिा अदालत काठमाडौँमा दुईवटा मुद्दा दर्ता भएको छ । बुधवार मानव बेचबखिन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरएिको जल्लिा सरकारी वकलि कार्यालयका प्रमुख गंगा प्रसाद पौडेलले बताएका छन् । सुन्दरी प्रतयिोगतिामा भाग लएिकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौँको […]

आजको मौसम : कुनकुन प्रदेशमा भारी वर्षाको सम्भावना

आज मुलुकका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको छ । पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । […]

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री र अर्थमन्त्रीले बजेका सन्दर्भमा उठेका विषयमा जवाफ दिने

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यहरु हुने भएको छ । आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने संभावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको […]

एसपीपीमा अमेरिकीले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने उल्लेख छ : प्रेम सुवाल

२ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने विषय उल्लेख रहेको दाबी गरे । बुधबार कानुन मन्त्रालयका लागि विनियिोजन विधेयकमाथि कानुन मन्त्री गोविन्द बन्दीले दिएको जवाफ सुनेपछि सांसद सुवालले प्रतिप्रश्न गर्दै यस्तो दाबी गरेका थिए । […]