चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

file photo

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र माडी नगरपालिका-९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विकको बाघको आक्रमणबाट चितवन भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् ।

आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने क्रममा आइतबार साँझ बाधले आक्रमण गरेको थियो ।
भरतपुर महानगरपालिका-२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो । निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।
बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको जनाएकोे छ । विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुञ्जले जानकारी दिएकोे छ ।