• असार ११, २०८२
  • No Comment
  • 40

सुर्खेतको चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

चौकुने ।“दिगो र तिव्र बिकास चौकुनेको रहर ,गुणस्तरीय शिक्षा र ब्यवसायिक कृषिमा लहर ” भन्ने मुल नाराका साथ खडक बिवस वासपानेको प्रमुख आतिथ्यतामा चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न भएको छ । चाैकुने गाउँपालिकाको गाउँसभाको १८ औं अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष खड्क वि.क. (विवस) ज्यूले सभामा पेश गर्नु भएकाे अगामी आ.ब. २०८२/०८३ नीति तथा कार्यक्रम पारित भएकाे छ ।

गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्ताेलाले पेश गर्नु भएकाे आ.ब. २०८२/०८३ को लागि रु.५७ करोड ५२ लाख ३९ हजार ३ सय ८५ बराबरको बजेट वक्तव्य , विनियाेजन विधेयक, आर्थिक विधेयक पेश गर्नु भएको थियो । चौकुने गाउँपालिकाका उपाध्यक्ष नर बहादुर बान्तोलाले सम्पुर्ण चौकुनेबाँसीका समस्याहरु समाधान गर्न लागि परे पनि समस्याको समाधान गर्न नसकेकोले अबको दिनमा तिनै तहको सरकाले बजेटलाई एकृकित गरी जनताका काममा लगाउनु पर्ने धारणा राख्नु भएको थियो । बजेट बत्तब्यमा चौकुने गाँउपालिका किसानै किसानले भरीएको गाउ“पालिलकाले जग्गा उपलब्ध गराएमा आधुनिक शित भण्डार बनाउने योजना अघि बढाउने बताउनु भएको छ । चौकुनेका जनताले उपयुत्त ठाउँ उपलब्ध गराउन सके बेरोजारीको समस्या समाधानका लागि उधोग धन्दा स्थापना गर्न पहल गरिने बताउनु भयो ।

चौकुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर बि.क ले समग्र चौकुनेलाई बिकास तर्फ अगाडी बढाउनको लागि हरेक तहबाट बेरुजु समस्याको समाधन गरेर राजश्व बृद्धि गर्न वडाहरु अगाडी बढ्नु पर्ने बताउनु भयो । कार्यक्रमका सभा अध्यक्ष तथा चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस बासपाने चुनावको बेलामा समग्र चौकुने घुम्दा बाटो घाटो निकै खराब रहेको हुनाले निर्वाचित भए लगतै बाटोघाटोको समस्याहरु समाधान गर्न सफल भएको र केही स्थानमा निर्माणको चरणमा रहेको बताउनु भयो ।चौकुने गाउँपालिकाका जनताहरु पुर्ण रुपमा विकासको अनुभुति गर्न नपाएको हुनाले पालिकाले गुरु योजना निमार्ण गरि रहेको र आउने आर्थिक बर्षमा जनताहरुले समग्र बिकासको कार्यमा अनुभुति गर्न पाउने बताउनु भएको थियो ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकाको  सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौकुने। सुर्खेतको चौकुने गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि पिपल्स् एक्सेस नेपाल प्रा…
चौकुने गाउँपालिकामा १०२ जनालाई जग्गाधनी पुर्जा वितरण

चौकुने गाउँपालिकामा १०२ जनालाई जग्गाधनी पुर्जा वितरण

चौकुने । चौकुने गाउँपालिकाले जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ । चौकुने गाउँपालिका वडा न : ७ र ८ मा रहेका…
सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह गर्दै चौकुने गाउँपालिका

सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह गर्दै चौकुने गाउँपालिका

चौकुने । कर्णाली प्रदेश सरकारले सार्वजनिक सेवालाई नियमित रूपमा प्रवाह गर्ने विशेष व्यवस्था गरे अनुसार सुर्खेत जिल्लाको चौकुने गाँउपालिकाले आज असार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *