• अशोज ३१, २०८२
  • No Comment
  • 27

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।

निर्देशनालयका निर्देशक डा. कमल लामिछानेका अनुसार प्रदेशका दुर्गम र ग्रामीण बस्तीहरूमा फोरजी तथा फाइबर नेट सेवा विस्तारको काम तीव्र गतिमा अघि बढाइँदैछ। हालसम्म ३७ पालिकामा सञ्चार सेवा विस्तार भइसकेको र थप ५० पालिकासम्म सेवा पुर्याउने तयारी भइरहेको उनले बताए।

“ग्रामीण क्षेत्रमा नेटवर्क सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्याउने लक्ष्यका साथ काम अघि बढाएका छौँ,” उनले भने, “कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सुर्खेतसम्म जोडिएपछि फाइबर नेट विस्तार अझ सहज हुनेछ।”

डा. लामिछानेका अनुसार दैलेख, कालीकोट, जुम्ला र सिञ्जासम्म फाइबर नेट विस्तारको काम भइरहेको छ। यसका लागि प्राविधिक टोलीले घरदैलो अभियानमार्फत काम गरिरहेको बताइएको छ।

केन्द्रीय योजनाअन्तर्गत अपर डोल्पा, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत लेखफर्सालगायत १० स्थानमा नयाँ बिटीएस सेवा सञ्चालनमा ल्याइएको निर्देशनालयले जनाएको छ।

विद्युतीकरणका अभावमा केही स्थानमा चुनौती रहेको

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *