• अशोज ३०, २०८२
  • No Comment
  • 168

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार बुधबार राति मालाकान्द जिल्लामा एक ट्रक तीव्र मोड पार गर्ने क्रममा नियन्त्रण गुमाएर पल्टिँदा दुर्घटना भएको हो। उद्धार प्रवक्ता बिलाल फैजीलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ कि मृतक र घाइतेहरू सबै स्वात जिल्लातर्फ जाँदै गरेका एक घुमन्ते परिवारका सदस्य हुन्।

दुर्घटनापछि उद्धार टोलीहरू स्थानीय प्रहरी र प्रशासनका सहयोगमा तुरुन्तै घटनास्थल पुगेका थिए। उनीहरूले मृतक र घाइतेहरूलाई नजिकैको अस्पताल पुर्‍याएका छन्।

अधिकारीहरूले जनाएका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ, जसले मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।

स्थानिय प्रशासनले दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतको भेरीगङ्गामा मदिरा सेवन गरी सुतेका खत्री मृत फेला

सुर्खेतको भेरीगङ्गामा मदिरा सेवन गरी सुतेका खत्री मृत फेला

 सुर्खेत। सुर्खेतको भेरीगङ्गा नगरपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा भेरीगङ्गा नगरपालिका–३ ढुङ्गेखोला निवासी ५५ वर्षीय…
चौकुने गाउँपालिकाकाे एक होटलमा वृद्धको अचानक मृत्यु

चौकुने गाउँपालिकाकाे एक होटलमा वृद्धको अचानक मृत्यु

सुर्खेत, ५ असार । सुर्खेतको चौकुने गाउँपालिकास्थित एक होटलमा एक वृद्धको अचानक बिरामी भई मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–४…
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा जाजरकोटका चनारा पक्राउ

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा जाजरकोटका चनारा…

जाजरकोट। नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा जाजरकोटका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका–१२…

Leave a Reply

Your email address will not be published. Required fields are marked *