• असार ११, २०८२
  • No Comment
  • 168

सुर्खेतको चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न

चौकुने ।“दिगो र तिव्र बिकास चौकुनेको रहर ,गुणस्तरीय शिक्षा र ब्यवसायिक कृषिमा लहर ” भन्ने मुल नाराका साथ खडक बिवस वासपानेको प्रमुख आतिथ्यतामा चौकुने गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न भएको छ । चाैकुने गाउँपालिकाको गाउँसभाको १८ औं अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष खड्क वि.क. (विवस) ज्यूले सभामा पेश गर्नु भएकाे अगामी आ.ब. २०८२/०८३ नीति तथा कार्यक्रम पारित भएकाे छ ।

गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्ताेलाले पेश गर्नु भएकाे आ.ब. २०८२/०८३ को लागि रु.५७ करोड ५२ लाख ३९ हजार ३ सय ८५ बराबरको बजेट वक्तव्य , विनियाेजन विधेयक, आर्थिक विधेयक पेश गर्नु भएको थियो । चौकुने गाउँपालिकाका उपाध्यक्ष नर बहादुर बान्तोलाले सम्पुर्ण चौकुनेबाँसीका समस्याहरु समाधान गर्न लागि परे पनि समस्याको समाधान गर्न नसकेकोले अबको दिनमा तिनै तहको सरकाले बजेटलाई एकृकित गरी जनताका काममा लगाउनु पर्ने धारणा राख्नु भएको थियो । बजेट बत्तब्यमा चौकुने गाँउपालिका किसानै किसानले भरीएको गाउ“पालिलकाले जग्गा उपलब्ध गराएमा आधुनिक शित भण्डार बनाउने योजना अघि बढाउने बताउनु भएको छ । चौकुनेका जनताले उपयुत्त ठाउँ उपलब्ध गराउन सके बेरोजारीको समस्या समाधानका लागि उधोग धन्दा स्थापना गर्न पहल गरिने बताउनु भयो ।

चौकुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर बि.क ले समग्र चौकुनेलाई बिकास तर्फ अगाडी बढाउनको लागि हरेक तहबाट बेरुजु समस्याको समाधन गरेर राजश्व बृद्धि गर्न वडाहरु अगाडी बढ्नु पर्ने बताउनु भयो । कार्यक्रमका सभा अध्यक्ष तथा चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस बासपाने चुनावको बेलामा समग्र चौकुने घुम्दा बाटो घाटो निकै खराब रहेको हुनाले निर्वाचित भए लगतै बाटोघाटोको समस्याहरु समाधान गर्न सफल भएको र केही स्थानमा निर्माणको चरणमा रहेको बताउनु भयो ।चौकुने गाउँपालिकाका जनताहरु पुर्ण रुपमा विकासको अनुभुति गर्न नपाएको हुनाले पालिकाले गुरु योजना निमार्ण गरि रहेको र आउने आर्थिक बर्षमा जनताहरुले समग्र बिकासको कार्यमा अनुभुति गर्न पाउने बताउनु भएको थियो ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिका वडा नं. ८ को कार्यालयद्वारा वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ। चिसो मौसमलाई मध्यनजर…
चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन गरिएको छ। चौकुने गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा चौकुने महिला तथा बालबालिका शाखाले…
चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सम्पन्न

चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर…

चौकुने। सुर्खेतको चौकुने गाउँपालिका र साईनिङ्ग आई.एन.एफ. नेपाल, सुर्खेतको साझेदारीमा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सञ्चालन गुटु स्वास्थ्य चौकीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *