• पुस १२, २०८१
  • No Comment
  • 29

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका स्वास्थ्य निरीक्षकको मृत्यु

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ६ लेन सडकमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा बाजुराको बडीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको हो । उनी मार्तडी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन् । उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

डीएसपी बोहराका अनुसार धनगढी उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय पुरन शाहले चलाएको मोटरसाइकल र शर्मिलाले चलाएको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो । बडीमालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काका अनुसार मृतक खत्री तालिमको लागि ९ गते धनगढी पुगेका थिए ।

सम्बन्धित खबर

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

झापाको दमक नगरपालिका वडा नं. १० सेतुमारी चोक नजिक भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ ।…
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भजनी नगरपालिका-४ कुणीमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलकुमार थारूको मृत्यु भएको हो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *