- पुस १, २०८१
- No Comment
- 30
झापामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
झापाको दमक नगरपालिका वडा नं. १० सेतुमारी चोक नजिक भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैँ गरेको प्रदेश न. १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार गौरादह नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३२ कि जमुना धिमाल र सोही स्थान बस्ने वर्ष २५ कि मनचरी राई भनिने ओम कुमारी राईको उपचारका क्रममा दमक अस्पतालमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाईकल चालक मोरङ रतुवामाई नगरपालिका वडा नं. ८ का २७ बर्षीय बिराज थापा घाईते भएका छन् । उनको बिएण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।