- फाल्गुन २५, २०८१
- No Comment
- 15
नेविसंघले स्वागतको लागि धनगढीमा राखेका झन्डा आन्दोलनरत विद्यार्थीले हटाए

धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतका लागि लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् । भोलिदेखि सुरू हुने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन गर्न कांग्रेस सभापति देउवासहितका नेताहरू धनगढी आउने भएपछि नेविसंघका विद्यार्थीहरुले सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए । तर प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा आन्दोलनरत विद्यार्थीले ती झन्डा हटाएका हुन् । आन्दोलनमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र रास्वपाका नेताहरु देखिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका उनीहरूले सडकमा लगाइएका झन्डा हटाएका हुन् । उनीहरूले झन्डा हटाउँदा नेविसंघका विद्यार्थीले विरोध गरेका थिए । त्यसक्रममा केहीबेर सडक अवरुद्ध भएको थियो ।