• बैशाख १४, २०८३
  • No Comment
  • 13

सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

 काठमाडौं, १४ वैशाख – सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीहरूको सुरक्षासहित शैक्षिक सहजीकरणका लागि सरकारले ६ बुँदे सर्कुलर जारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विद्यार्थीलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न तथा अध्ययनमा अवरोध नआउने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरणका कारण विद्यार्थीको पढाइमा परेको असरलाई मध्यनजर गर्दै परीक्षा व्यवस्थापन, विद्यालय समायोजन तथा आवश्यक समन्वयलाई प्रभावकारी बनाउन आग्रह गरेको छ।

आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म पुग्न आवश्यक सहजीकरण गर्न विशेष निर्देशन दिइएको छ। साथै, बस्ती स्थानान्तरणका कारण विद्यालय नै प्रभावित भएका स्थानमा वैकल्पिक व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई भनिएको छ।

यस्तै, सुकुम्वासी बस्तीका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित गुनासो, समस्या वा सुझावहरू सम्बन्धित केन्द्रमा पठाउन स्थानीय तहहरूलाई मन्त्रालयले अनुरोध गरेको छ।

सरकारले विद्यार्थीको पढाइमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले सम्बन्धित सबै निकायबीच समन्वय गरेर आवश्यक कदम चाल्न जोड दिएको छ।

सम्बन्धित खबर

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…
जाजरकोटमा स्टेसनरी सामान बोकेको जिप दुर्घटना : चालक घाइते

जाजरकोटमा स्टेसनरी सामान बोकेको जिप दुर्घटना : चालक घाइते

जाजरकोट, ३० वैशाख । भेरी नगरपालिका–४स्थित पानी ट्याङ्की क्षेत्रमा स्टेसनरी सामान बोकेको जिप दुर्घटना हुँदा चालक घाइते भएका छन्। बुधबार बिहान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *