• माघ २७, २०८१
  • No Comment
  • 73

दैलेखमा मोटरसाइकल दुर्घटना, एकको मृत्यू

दैलेख भगवतीमाई गाउँपालिका–१ मौलेसालमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यू भएको छ । दुर्घटनामा डुंगेश्वर गाउँपालिका–२ लाँकुरीका ३८ वर्षीय तेजबहादुर थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश ०२–००२ प २८७७ नम्बरको मोटरसाइकल दुर्घटनामा उहाँको मृत्यू भएको हो । मोटरसाइकलले नियन्त्रण गुमाउँदा सडककै अड्केको र थापा सडकबाट करिब १५ मीटर तल खोल्सामा खसेर घाइते भएको अवस्थामा उद्धार गरी दैलेख अस्पताल पुर्‍याइएको थियो । दैलेख अस्पतालमा पुर्‍याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेको बताइएको छ । आफन्तको विवाहमा सहभागी भई पुगियाँबाट लाकुरी जान हिंडेका थापा दुर्घटनामा पर्नुभएको थियो । उहाँ दुई महिना अघि नेपाली सेनाबाट सेवा निबृत हुनुभएको थियो ।

सम्बन्धित खबर

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका स्वास्थ्य निरीक्षकको मृत्यु

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका स्वास्थ्य निरीक्षकको मृत्यु

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ६ लेन सडकमा दुई…
झापामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

झापाको दमक नगरपालिका वडा नं. १० सेतुमारी चोक नजिक भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ ।…
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भजनी नगरपालिका-४ कुणीमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलकुमार थारूको मृत्यु भएको हो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *