• बैशाख १७, २०८३
  • No Comment
  • 44

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २० गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने भएको छ। कर्णाली क्षेत्रका युवाहरूको प्रतिभा पहिचान, क्षमता विकास तथा नेतृत्व निर्माण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ।

दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा युवा केन्द्रित विविध कार्यक्रमहरू समावेश गरिनेछन्। प्रतिभा प्रस्फुटन अन्तर्गत कर्णालीका विभिन्न स्थानीय तहबाट आएका युवाहरूबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ। साथै, कर्णालीको समृद्धिमा राज्यको भूमिका, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासजस्ता विषयमा जनप्रतिनिधि र युवाहरूबीच नीतिगत बहस हुने कार्यक्रम तय गरिएको छ।

महोत्सवमा पुस्तक वार्ता पनि समावेश गरिएको छ, जसअन्तर्गत क्षितिज समर्पणको ‘तोरी’ र ओम रिजालको ‘पैकेलो’ पुस्तकमाथि छलफल गरिनेछ। त्यस्तै, देउडा खेल, सांगीतिक तथा साहित्यिक प्रस्तुति लगायतका सांस्कृतिक कार्यक्रमहरू पनि आकर्षणका रूपमा रहनेछन्।

कार्यक्रमकै अवसरमा ‘कर्णाली युथ अवार्ड’ प्रदान गरिनेछ, जसअन्तर्गत विभिन्न क्षेत्रमा उदाहरणीय योगदान पुर्‍याउने १० जना उत्कृष्ट युवाहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ।

महोत्सवको मूल आयोजक समितिका संयोजक विनोदकुमार शाही रहेका छन्। कार्यक्रमलाई ‘परिवर्तनका लागि युवा’, ‘राष्ट्रिय युवा परिषद्’, ‘राष्ट्र निर्माण मञ्च नेपाल’, ‘प्लेयिङ फर चेन्ज’ र ‘कर्णाली युथ फाउन्डेसन’ लगायतका ।रर्फत प्रदेशको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यसअघि महोत्सवको पहिलो संस्करण २०८१ माघ ११ र १२ गते वीरेन्द्रनगरमै सम्पन्न भएको थियो। यस वर्षको कार्यक्रम वीरेन्द्रनगरस्थित सिटी हलको प्राङ्गणमा आयोजना गरिनेछ।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *