• पुस १२, २०८१
  • No Comment
  • 78

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका स्वास्थ्य निरीक्षकको मृत्यु

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ६ लेन सडकमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा बाजुराको बडीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको हो । उनी मार्तडी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन् । उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

डीएसपी बोहराका अनुसार धनगढी उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय पुरन शाहले चलाएको मोटरसाइकल र शर्मिलाले चलाएको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो । बडीमालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काका अनुसार मृतक खत्री तालिमको लागि ९ गते धनगढी पुगेका थिए ।

सम्बन्धित खबर

नेविसंघले स्वागतको लागि धनगढीमा राखेका झन्डा आन्दोलनरत विद्यार्थीले हटाए

नेविसंघले स्वागतको लागि धनगढीमा राखेका झन्डा आन्दोलनरत विद्यार्थीले हटाए

धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतका लागि लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् । भोलिदेखि सुरू हुने नेपाली कांग्रेसको सुदूरपश्चिम…
दैलेखमा मोटरसाइकल दुर्घटना, एकको मृत्यू

दैलेखमा मोटरसाइकल दुर्घटना, एकको मृत्यू

दैलेख भगवतीमाई गाउँपालिका–१ मौलेसालमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यू भएको छ । दुर्घटनामा डुंगेश्वर गाउँपालिका–२ लाँकुरीका ३८ वर्षीय तेजबहादुर थापाको…
झापामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

झापाको दमक नगरपालिका वडा नं. १० सेतुमारी चोक नजिक भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *