• अशोज ११, २०८१
  • No Comment
  • 159

पञ्चपुरी नगरपालिकामा पनी स्केट पार्क सञ्चालन हुने

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा न ५ मा बाबियाचौर स्केट पार्क सञ्चालनमा हुने भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिकामा अत्याधुनिक सुविधा सहितकाे बाबियाचौर स्केट पार्क सञ्चालनमा आउने भएकाे छ। करिब ४० लाख लागतमा बन्नलागेकाे बाबियाचौर स्टेक पार्क कर्णाली प्रदेसकै दोस्रो ठुलाे र सुविधासम्पन्न हुने सञ्चालक पुरन रिमालले जानकारी दिएका छन् ।

युवा शक्ति दिन प्रतिदिन बिदेशिने क्रम बढिरहेकाे बेला स्वदेशमै केही गराै भन्ने उदेश्यका साथ पुर्ण बहादुर रावल ,चन्द्रबहादुर भाट र पुरन रिमालको सक्रियतामा बाबियाचौर स्केट पार्क स्थापना गरिएकाे अर्का सञ्चालक पुर्ण बहादुर रावलले जानकारी दिएका छन् । सञ्चालनकाे तयारीमा रहेकाे बाबियाचौर स्केट पार्क करिव ५ हजार बर्गफिटमा बनेकाे स्केट पार्क बच्चा देखि युवा सबै उमेर समुहका लागि उपयुक्त रहेकाे सञ्चालक पक्षकाे दावी रहेको छ ।

२०८१ सालको बिजयादशमी सम्म उद्घाटन हुने बाबियाचौर स्केट पार्कमा दक्ष प्रशिक्षक र कर्मचारी रहनेछन् भने ढुक्कसँग खेल्नकाे लागि सुरक्षा उपकरणकाे पनि व्यावस्था हुने सञ्चालक पक्षले जनाएकाे छ ।उद्घाटन अफरकाे रूपमा शुरुआती चरणमा २५ प्रतिसत छुट रहने र विद्यार्थीलाई एक महिना सम्म २५ प्रतिसत छुट दिने सञ्चालकहरूले जानकारी दिएकाछन ।

सम्बन्धित खबर

सुर्य प्रकाश मावि पलैटेको विद्यालय भवन उद्घाटन कार्यक्रम सम्पन्न

सुर्य प्रकाश मावि पलैटेको विद्यालय भवन उद्घाटन कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर २ मा अवस्थित श्री सुर्य प्रकाश माविको विद्यालय भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।…
पञ्चपुरी नगरपालिका ९ बिध्यापुरमा डेङ्गु सङ्क्रमण फैलिदै ७० जनामा डेङ्गु सङक्रमण पुष्टि

पञ्चपुरी नगरपालिका ९ बिध्यापुरमा डेङ्गु सङ्क्रमण फैलिदै ७० जनामा…

दिलिप कडेल। केही दिन यता पञ्चपुरी नगरपालिका वडा न ९ मा डेङ्गुको सङ्क्रमण फैलिएको छ । नगरपालिकाको बिध्यापुर स्वास्थ्य चौकीमा उपचार गर्न…
बाबियाचौरको बजारक्षेत्रमा छाडाचौपाय, व्यवस्थापनमा मौन स्थानीय सरकार

बाबियाचौरको बजारक्षेत्रमा छाडाचौपाय, व्यवस्थापनमा मौन स्थानीय सरकार

दिलिप कडेल, केही समय छाडा चौपाया नदेखिएको बाबियाचौर बजारक्षेत्रमा केहि दिनयता पुन सडकभरि छाडा चौपायाको लस्कर देखिन थालेको छ । सडक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *