- जेष्ठ ४, २०८२
- No Comment
- 23
सुर्य प्रकाश मावि पलैटेको विद्यालय भवन उद्घाटन कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर २ मा अवस्थित श्री सुर्य प्रकाश माविको विद्यालय भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । पुर्व सामाजिक बिकास मन्त्री यज्ञ बहादुर बि सीको प्रमुख आतिथ्यतामा श्री सुर्य प्रकाश माविको नयाँ विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।करिव २ करोड बजेटमा निर्माण गरिएको विद्यालयको भवन निर्माणमा सहयोग गर्ने सम्पूर्ण सरोकारवाला निकायलाई धन्यवाद समेत ब्यक्त गर्नुभएको थियो । उहाँले अबका बाकी दिनहरूमा समग्र पश्चिमको र सुर्य प्रकाश मा वि को विकासका लागि आफुले गर्न सकिने कुनैपनि कार्य गर्न पछि नपर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
उहाले अझैपनि नगरपालिका र सम्बन्धित निकायहरुसँगको सहयर्कामा विकासका कामहरु गर्न आफु तयार रहेको प्रतिबद्धता गर्नु भएको थियो ।कार्य्रमको अध्यक्षता सुर्य प्रकाश मा बि बिधालय ब्यबस्थापन समितिका अध्यक्ष नबिन कुमार थापाले गरेका थिए भने बिशेश अतिथि पन्चपुरी नगरपालिका नगरप्रमुख श्री लालबिर भन्डारि , उपप्रमुख श्री मुक्ति देबि पुरि रेग्मि , शिक्षा बिकास निर्देशनलायका निर्देशक श्री दिपा हमाल , पन्चपुरि नगरपालिका सामाजिक बिकास समिति संयोजक श्री याम बहादुर बिसि , प्र अ टिकाराम बास्तोला सम्पूर्ण शिक्षक कर्मचारी राजनीतिकदल लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
बिधालय ब्यबस्थापन समितिका सदस्य श्री झक्कि बहादुर सिजापतिको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम सन्चानल डा. परमेश्वर जोशिले गर्नु भएको थियो।