• कार्तिक ७, २०८१
  • No Comment
  • 100

पञ्चपुरी नगरपालिका ९ बिध्यापुरमा डेङ्गु सङ्क्रमण फैलिदै ७० जनामा डेङ्गु सङक्रमण पुष्टि

दिलिप कडेल। केही दिन यता पञ्चपुरी नगरपालिका वडा न ९ मा डेङ्गुको सङ्क्रमण फैलिएको छ । नगरपालिकाको बिध्यापुर स्वास्थ्य चौकीमा उपचार गर्न आएका धेरैलाई डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको स्वास्थ्य चौकीले जनाएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमण अहिलेसम्म कालावन ,तल्लोबिजु , राग , बिध्यापुर बजार क्षेत्रका बिरामीमा पुष्टि भएको हो । लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको समस्या देखिएपछि बिरामीको नमुना सङ्कलन गरेर थप परीक्षणका लागि प्रदेश अस्पतालमा पठाइएकोमा डेङ्गु नै पुष्टि भएपछि पालिकाका सबै स्थानीय तहलाई लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान चलाउन आग्रह गरिएको बिध्यापुर स्वास्थ्य चौकीका सि अ हे व दिनेश गौतमले बताउनुभयो ।

द यसबाट बच्ने एउटै उपाय भनेको लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेबाहेक अन्य उपाय नभएको स्वास्थ्य चौकीका सि अ हे व गौतमले बताउनुभयो ।उनका अनुसार अझै केही दिन डेङ्गु सङ्क्रमण बढेनसक्ने अनुमान गरिएको छ । कार्यालयको दैनिक तथ्याङ्कअनुसार दशै यता ७० जनामा डेङ्गु सङ्क्रमण देखिएको छ र अझै पनि सङ्क्रमण बढ्न सक्ने संकेत देखिएको छ

सम्बन्धित खबर

सुर्य प्रकाश मावि पलैटेको विद्यालय भवन उद्घाटन कार्यक्रम सम्पन्न

सुर्य प्रकाश मावि पलैटेको विद्यालय भवन उद्घाटन कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर २ मा अवस्थित श्री सुर्य प्रकाश माविको विद्यालय भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।…
बाबियाचौरको बजारक्षेत्रमा छाडाचौपाय, व्यवस्थापनमा मौन स्थानीय सरकार

बाबियाचौरको बजारक्षेत्रमा छाडाचौपाय, व्यवस्थापनमा मौन स्थानीय सरकार

दिलिप कडेल, केही समय छाडा चौपाया नदेखिएको बाबियाचौर बजारक्षेत्रमा केहि दिनयता पुन सडकभरि छाडा चौपायाको लस्कर देखिन थालेको छ । सडक…
युवाज्योति आधारभुत विद्यालय पञ्चपुरी ४ को ३६ औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न

युवाज्योति आधारभुत विद्यालय पञ्चपुरी ४ को ३६ औं बार्षिक…

दिलिप कडेल, सर्खेत।  पञ्चपुरी नगरपालिका वडा नम्बर ४ मा रहेको श्री युवाज्योती आधारभुत बिध्यालयको ३६ ओै बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *