• असार ४, २०८३
  • No Comment
  • 37

भेरीगंगा–१ का वडा अध्यक्ष पुलामीको घर मध्यरातमा अपरिचित समूहद्वारा घेराउ 

दुर्गा खड्का, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडा अध्यक्ष दिनेश पुलामीको घरमा मध्यरातमा अपरिचित समूहले घेराउ गरेको आरोप लागेको छ।

अध्यक्ष पुलामीका अनुसार बुधबार राति करिब १२ बजे भेरीगंगा नगरपालिका–४ को बाउनचौर टोलस्थित उनको घरमा ४/५ जनाको अपरिचित समूह मोटरसाइकलसहित पुगेको थियो। उक्त समूह घर वरिपरि बसेको र त्यसबेला आफू घरभित्र सुतिरहेको उनले बताएका छन्।

घटना भएको समयमा घरमा उनका १० वर्षीय छोरा भुवन पुलामी र वडा सदस्य टोप बहादुर गुरुङ पनि सँगै रहेको अध्यक्ष पुलामीले जानकारी दिएका छन्। उनले अवस्था संवेदनशील बनेपछि संयम अपनाउँदै आफू र परिवारको सुरक्षा गरेको बताएका छन्।

घटनापछि असुरक्षा महसुस भएको भन्दै अध्यक्ष पुलामीले बिहीबार इलाका प्रहरी कार्यालय छिन्चुमा उजुरी दिएका छन्।

 

सम्बन्धित खबर

रास्वपा महाधिवेशन: प्राविधिक त्रुटिले बन्दसत्र सुरु हुन ढिलाइ, प्रतिवेदनहरू पेश गर्ने तयारी

रास्वपा महाधिवेशन: प्राविधिक त्रुटिले बन्दसत्र सुरु हुन ढिलाइ, प्रतिवेदनहरू…

चितवन । चितवनमा आइतबारदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत आज सोमबारको बन्दसत्र प्राविधिक कारणले प्रभावित भएको…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा बिभिन्न समुहका किसानहरुलाई ७० वटा मिनिट्रेलर वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा बिभिन्न समुहका किसानहरुलाई ७०…

सुर्खेत। चौकुने गाउँपालिकाले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उदेश्यले किसानहरुलाई कृषि औजार वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी कृषि…
चौकुने गाउँपालिकामा सुर्तीजन्य पदार्थ तथा मदिराको रोकथाम, नियन्त्रण तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा सुर्तीजन्य पदार्थ तथा मदिराको रोकथाम, नियन्त्रण तथा…

सुर्खेत। चौकुने गाउँपालिकामा सुर्तीजन्य पदार्थ तथा मदिराको रोकथाम, नियन्त्रण तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *