- असार ५, २०८३
- No Comment
- 0
सुर्खेतको भेरीगङ्गामा मदिरा सेवन गरी सुतेका खत्री मृत फेला

सुर्खेत। सुर्खेतको भेरीगङ्गा नगरपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृत फेला पर्नेमा भेरीगङ्गा नगरपालिका–३ ढुङ्गेखोला निवासी ५५ वर्षीय डिलबहादुर खत्री रहेका छन्।
प्रहरीका अनुसार खत्री स्थानीय ६५ वर्षीय लोकबहादुर गाईनेको घरमा मदिरा सेवन गरी बिहान करिब १० बजे सुतेका थिए। बेलुका करिब ६ बजेसम्म पनि नउठेपछि हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए।
घटनाबारे वडा नम्बर ३ का वडा अध्यक्ष जितबहादुर सुनारले प्रहरीलाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रकाश के.सी.को नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।
मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।



