• असार १०, २०८३
  • No Comment
  • 0

पहिले सूचना लुकाउँदा अहिले बर्डफ्लुको जोखिम

 काठमाडौं । ललितपुरस्थित सदर चिडियाखानामा बर्डफ्लु संक्रमण फैलिएको विषय समयमै सार्वजनिक नगरिएको आरोपपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई जिम्मेवारीबाट हटाउँदै घटनाबारे औपचारिक छानबिन सुरु गरेको छ।

पशु सेवा विभागका अनुसार चिडियाखानाभित्र रहेका चराचुरुंगीहरू जेठ २९ गतेदेखि मर्न थालेका थिए। अवस्था गम्भीर बन्दै जाँदा पनि समयमै सम्बन्धित निकायलाई जानकारी नदिइएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। असार १ गते मृत चराको नमुना परीक्षणका लागि पठाइएपछि ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एच५एन१)’ अर्थात् बर्डफ्लु संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएपछि असार ५ गतेदेखि चिडियाखाना बन्द गरी पूर्ण रूपमा सिल गरिएको छ। हालसम्म ३७ पशुपन्छी मरेका छन् भने २४ वटामा संक्रमण पुष्टि भएको जनाइएको छ। लोपोन्मुख र दुर्लभ प्रजातिका पन्छीसहित केही साना स्तनधारी जनावर पनि प्रभावित भएका छन्।

विज्ञहरूले प्रारम्भिक पहिचान, सूचना पारदर्शिता र कडा जैविक सुरक्षा अपनाउन ढिलाइ हुँदा जोखिम बढ्ने चेतावनी दिएका छन्। घटनाबारे विस्तृत छानबिन जारी रहेको कोषले जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतमा जबरजस्ती करणी मुद्दामा फरार रहेका रिजाल पक्राउ

सुर्खेतमा जबरजस्ती करणी मुद्दामा फरार रहेका रिजाल पक्राउ

सुर्खेत । जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११…
सदस्यता अद्यावधिकका नाममा सदस्यता खारेज गर्ने निर्णयप्रति कांग्रेसभित्र असन्तुष्टि

सदस्यता अद्यावधिकका नाममा सदस्यता खारेज गर्ने निर्णयप्रति कांग्रेसभित्र असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता अद्यावधिक नगरेका व्यक्तिलाई पार्टी सदस्य नरहने भनिएको अभिव्यक्तिप्रति असन्तुष्टि देखिएको छ। सभापतिले झापामा आयोजित कार्यक्रममा…
हुम्लामा जिप दुर्घटना: चार जना घाइते

हुम्लामा जिप दुर्घटना: चार जना घाइते

हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका–७ धारापोरीस्थित ताङलाथुङ–हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *