• साउन १, २०८२
  • No Comment
  • 217

चौकुने गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौकुने। सुर्खेतको चौकुने गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि पिपल्स् एक्सेस नेपाल प्रा लि बिरेन्द्रनगर सुर्खेतको समन्वय र चौकुने गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष ०८१/०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । गाउँपालिकाको साँझाहल गुटुमा जनप्रतिनिधि, पालिकावासी, स्थानीय राजनीति दलका जन- प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,शिक्षक सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । चौकुने गाउँपालिकाको आर्थिक बर्षको बार्षिक प्रतिवेदन सहित ,विकासका कामको ढिला सुस्ती, अनियमितता, कमीकमजोरी, विकास निर्माणका काम,गुणस्तरीय शिक्षा, खानेपानीको आपुर्ति लगायत हरेक जनताको गुनासोप्रति प्रतिबद्ध रहेर अगाडी बढ्ने प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क ले बताउनुभयो । गाउँपालिकाले दिने ठेक्कापट्टा, बोलपत्र र सार्वजनिक गर्नुपर्ने सूचना नियम सङगत आह्वान गरिने बि क ले बताउनुभयो ।यस्तै गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाले हरेक विकास निर्माणका कार्यलाई नियमित अनुगमन गरेको बताउँदै कही कतै कुनै पनि काममा ढिला सुस्ती, अनिमियता भईरहेको छ भने उच्च निगरानीका साथ आवश्यक कदम चाल्ने बताउनुभयो । नागरिक बाट आएका उजुरी, निवेदनलाई समयमै न्याय दिएको बताउनु भयो । पिपल्स् एक्सेस् नेपाल प्रा लि बिेन्द्रनगर सुर्खेतका चिन्तामणी कडेलले सार्वजनिक सुनवाइ कार्यक्रममा जनताले आफ्नो भनाई राख्ने ठाँउ भएकोले निर्धक्क भएर गुनासो तथा राम्रो कामको बारेमा प्रसंशा गर्नु आवश्यक रहेकोे बताउनु भयो। कार्यक्रम चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस् वासपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा न १ का वडा अध्यक्ष जिरक बडुवाल ,वडा न ४ का वडा अध्यक्ष टोप बहादुर बि सी ,वडा न ५ का वडा अध्यक्ष तुलाराम हिस्की मगर ,वडा न ६ का वडा अध्यक्ष गोबिन्द थापा ,वडा न ७ का वडा अध्यक्ष धनिराम धमलाको उपस्थित रहेको उक्त कार्यक्रममा प्रशासन शाखा प्रमुख आशा कुमारी वुढाको स्वागत मन्तव्य रहेकोे थियोे भने कार्यक्रम पिपल्स एक्सेस् प्रा लि नेपाल बिरेन्द्रनगर सुर्खेतका चिन्तामणि कडेलको संचालन गर्नु भएको थियो ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिका वडा नं. ८ को कार्यालयद्वारा वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ। चिसो मौसमलाई मध्यनजर…
चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन गरिएको छ। चौकुने गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा चौकुने महिला तथा बालबालिका शाखाले…
चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सम्पन्न

चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर…

चौकुने। सुर्खेतको चौकुने गाउँपालिका र साईनिङ्ग आई.एन.एफ. नेपाल, सुर्खेतको साझेदारीमा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सञ्चालन गुटु स्वास्थ्य चौकीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *