• असार ३२, २०८२
  • No Comment
  • 188

चौकुने गाउँपालिकामा १०२ जनालाई जग्गाधनी पुर्जा वितरण

चौकुने । चौकुने गाउँपालिकाले जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ । चौकुने गाउँपालिका वडा न : ७ र ८ मा रहेका १ सय २ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो । जग्गाधनी लालपुर्जा वितरण कार्यक्रममा पालिका प्रमुख पुर्ण बहादुर बि.क ले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।यसै क्रममा चौकुने गाउँपालिका अध्यक्ष खड्क विवस बास्पानेले विगत लामो समयदेखि जग्गा उपभोग त गर्नुभयो । तर, स्थायी लालपुर्जा पाउन नसक्दा निकै पीडा भोग्नुपरेको र अब “उपभोग गरिरहेको जग्गाको जग्गाधनी लालपुर्जा तपाईंहरुकै हातमा परेको बताउनुभयो ।” कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक असमानता र गरिबी अन्त्यका लागि भूमिअधिकार अत्यावश्यक रहेको बताउनु भएको छ

।जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै उहाँले भूमिमा नागरिकको स्वामित्व हुनु अपरिहार्य रहेको र जग्गा नभएको व्यक्तिले स्थायित्व, सुरक्षा र आत्मसम्मान महसुस गर्न नसक्ने भन्दै सरकार सबै नागरिकलाई जग्गाधनी बनाउने अभियानमा लागेको दाबी समेत गर्नु भयो । भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका परिवारलाई सम्मानपूर्वक बाँच्न सहयोग पुग्ने गरी सरकारले नीति र कार्यक्रम अघि सारेकोले ‘हामी सामाजिक न्याय र समावेशीतालाई व्यवहारमा उतार्न चाहन्छौं, त्यसका लागि भूमिको स्वामित्व अनिवार्य छ,’ मुख्यमन्त्री कँडेलले आगामी दिनमा बाँकी रहेका भूमिहीन र सुकुम्बासी परिवारलाई समेत न्याय सुनिश्चित गर्दै प्रमाण पुर्जा वितरणको कार्यलाई तीव्रता दिने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रदेश सभासदस्य माननीय बिन्दमान बिष्ट ज्युले,हजुरहरुले लालपुर्जा पाउनुमा चौकुने गाउँ पालिकाका प्रमुख् वा स्थानीय सरकारको ठूलो भुमिका रहेको प्रष्ट पार्दै,लालपुर्जा पाउनु हुने किसान तथा स्थानीय सरकारलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो । नेपाल सरकार कर्णाली प्रदेशका माननिय मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यता,विशेष अतिथी प्रदेश सभा सदस्य मा.बिन्दमान बिष्ट ,जि.स.स.सुर्खेतका प्रमुख गंगाराम सुनार ,भू.स.स.आ.जि.स.सुर्खेतका अध्यक्ष श्री केशर बहादुर ओली तथा भू.स.स.आ.जि.स.सुर्खेतका पदाधिकारीहरूको उपस्थितिमा चौकुने गाउँपालिकाका अध्यक्ष श्री खड्क वि.क.विबशको अध्यक्षतामा भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेत द्वारा तयार पारिएका जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिका वडा नं. ८ को कार्यालयद्वारा वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ। चिसो मौसमलाई मध्यनजर…
चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन गरिएको छ। चौकुने गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा चौकुने महिला तथा बालबालिका शाखाले…
चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सम्पन्न

चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर…

चौकुने। सुर्खेतको चौकुने गाउँपालिका र साईनिङ्ग आई.एन.एफ. नेपाल, सुर्खेतको साझेदारीमा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सञ्चालन गुटु स्वास्थ्य चौकीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *