• असार ३२, २०८२
  • No Comment
  • 91

चौकुने गाउँपालिकामा १०२ जनालाई जग्गाधनी पुर्जा वितरण

चौकुने । चौकुने गाउँपालिकाले जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ । चौकुने गाउँपालिका वडा न : ७ र ८ मा रहेका १ सय २ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो । जग्गाधनी लालपुर्जा वितरण कार्यक्रममा पालिका प्रमुख पुर्ण बहादुर बि.क ले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।यसै क्रममा चौकुने गाउँपालिका अध्यक्ष खड्क विवस बास्पानेले विगत लामो समयदेखि जग्गा उपभोग त गर्नुभयो । तर, स्थायी लालपुर्जा पाउन नसक्दा निकै पीडा भोग्नुपरेको र अब “उपभोग गरिरहेको जग्गाको जग्गाधनी लालपुर्जा तपाईंहरुकै हातमा परेको बताउनुभयो ।” कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक असमानता र गरिबी अन्त्यका लागि भूमिअधिकार अत्यावश्यक रहेको बताउनु भएको छ

।जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै उहाँले भूमिमा नागरिकको स्वामित्व हुनु अपरिहार्य रहेको र जग्गा नभएको व्यक्तिले स्थायित्व, सुरक्षा र आत्मसम्मान महसुस गर्न नसक्ने भन्दै सरकार सबै नागरिकलाई जग्गाधनी बनाउने अभियानमा लागेको दाबी समेत गर्नु भयो । भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका परिवारलाई सम्मानपूर्वक बाँच्न सहयोग पुग्ने गरी सरकारले नीति र कार्यक्रम अघि सारेकोले ‘हामी सामाजिक न्याय र समावेशीतालाई व्यवहारमा उतार्न चाहन्छौं, त्यसका लागि भूमिको स्वामित्व अनिवार्य छ,’ मुख्यमन्त्री कँडेलले आगामी दिनमा बाँकी रहेका भूमिहीन र सुकुम्बासी परिवारलाई समेत न्याय सुनिश्चित गर्दै प्रमाण पुर्जा वितरणको कार्यलाई तीव्रता दिने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रदेश सभासदस्य माननीय बिन्दमान बिष्ट ज्युले,हजुरहरुले लालपुर्जा पाउनुमा चौकुने गाउँ पालिकाका प्रमुख् वा स्थानीय सरकारको ठूलो भुमिका रहेको प्रष्ट पार्दै,लालपुर्जा पाउनु हुने किसान तथा स्थानीय सरकारलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो । नेपाल सरकार कर्णाली प्रदेशका माननिय मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यता,विशेष अतिथी प्रदेश सभा सदस्य मा.बिन्दमान बिष्ट ,जि.स.स.सुर्खेतका प्रमुख गंगाराम सुनार ,भू.स.स.आ.जि.स.सुर्खेतका अध्यक्ष श्री केशर बहादुर ओली तथा भू.स.स.आ.जि.स.सुर्खेतका पदाधिकारीहरूको उपस्थितिमा चौकुने गाउँपालिकाका अध्यक्ष श्री खड्क वि.क.विबशको अध्यक्षतामा भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेत द्वारा तयार पारिएका जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित खबर

स्थानीय विपद व्यवस्थापन समिति तथा सरोकारवालामा वालमैत्री सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्थानीय विपद व्यवस्थापन समिति तथा सरोकारवालामा वालमैत्री सम्बन्धि अभिमुखिकरण…

चौकुने । सुर्खेतको चौकुने गाँउपालिकामा स्थानिय विपद व्यवस्थापन समिति र सरोकारवालामा वालमैत्री पुर्व सुचना प्रणाली सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न…
नेपाल शिक्षक महासंघ चौकुनेले पालिकालाई बुझायो ध्यानाकर्षण पत्र

नेपाल शिक्षक महासंघ चौकुनेले पालिकालाई बुझायो ध्यानाकर्षण पत्र

चौकुने। नेपाल शिक्षक महासंघ चौकुनेले चौकुने गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । संगठनले पालिकामा नै पुगेर ध्यानाकर्षण पत्र बुझाएको नेपाल शिक्षक…
चौकुने गाउँपालिकामा भदौ ६ गते निःशुल्क मानसिक स्वास्थ्य उपचार तथा परामर्श शिविर सन्चालन हुने

चौकुने गाउँपालिकामा भदौ ६ गते निःशुल्क मानसिक स्वास्थ्य उपचार…

चौकुने। सुर्खेतको चौकुने गाउँपालिकाको गुटु स्वास्थ्य चौकीमा आगामी भदौ ६ गते शुक्रवार निःशुल्क मानसिक स्वास्थ्य उपचार तथा परामर्श शिविर सञ्चालन हुने…

Leave a Reply

Your email address will not be published. Required fields are marked *