• असार १५, २०८२
  • No Comment
  • 134

सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह गर्दै चौकुने गाउँपालिका

चौकुने । कर्णाली प्रदेश सरकारले सार्वजनिक सेवालाई नियमित रूपमा प्रवाह गर्ने विशेष व्यवस्था गरे अनुसार सुर्खेत जिल्लाको चौकुने गाँउपालिकाले आज असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा दिइने बिदाका दिनमा पनि सेवा प्रवाह गरिरहेको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार, प्रदेश मन्त्रिपरिषद्को २०८१ चैत्र १७ गतेको निर्णयअनुसार उक्त बिदा स्वीकृत गरिएको हो ।

मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले एक सूचना जारी गर्दै जुम्लाबाहेकका जिल्लाका सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा लागू हुने जानकारी दिनुभएको थियो । असार १५ गते जुम्लाबाहेक प्रदेशका अन्य सबै जिल्लामा सार्वजनिक बिदा हुने भएपनि चौकुने गाउँपालिकामा पालिकाबाट कार्यान्वयन गरिएका धेरै आयोजना तथा कार्यक्रमको अनुगमन ,निरिक्षण र भुक्तानी गर्नुपर्ने भएकाले चौकुने गाउँपालिका खुल्ला गरिएको सुचना अधिकारी आशा कुमारी बुढाले जानकारी दिनुभएको छ साथै प्रशासन शाखा ,आर्थिक प्रशासन शाखा ,योजना तथा अनुगमन शाखा र प्राबिधिक शाखाका कर्मचारीहरु कार्यलयमा उपस्थितभई नियमित सेवा प्रवाह दिई रहनु भएको छ ।

गाउँ कार्यपालिकाको निर्णयानुसार ०८२ असार १५ गते सार्वजनिक विदाका दिनमा सार्वजनिक सेवा नियमित रुपमा प्रवाह गर्ने विशेष व्यवस्था गरेकोले उक्त दिनमा गाउँपालिकाको कार्यालय, र पालिका अन्तर्गतका शाखाहरुबाट नियमित सेवा प्रवाह गर्ने लागिएको पालिका अध्यक्ष खडक बिवस वासपानेले बताउनु भएको छ । सर्वसाधारणलाई अत्यावस्यक सेवा प्रदान गर्न सार्वजनिक बिदामा समेत कार्यालयले सेवा दिन लागेको प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क ले जनाउनु भएको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिका वडा नं. ८ को कार्यालयद्वारा वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ। चिसो मौसमलाई मध्यनजर…
चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन गरिएको छ। चौकुने गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा चौकुने महिला तथा बालबालिका शाखाले…
चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सम्पन्न

चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर…

चौकुने। सुर्खेतको चौकुने गाउँपालिका र साईनिङ्ग आई.एन.एफ. नेपाल, सुर्खेतको साझेदारीमा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सञ्चालन गुटु स्वास्थ्य चौकीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *