• बैशाख ३१, २०८२
  • No Comment
  • 29

मखन टोलमा आज बिहान भएको आगलागी नियन्त्रणमा

काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । बिहान ६ः५० मा सुरु भएको आगलागी बिहान ९ः१५ मा मात्र नियन्त्रणमा आएको हो ।
काठमाडौँ उपत्यकाका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहेको काठमाडौँ प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको थियो ।

आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा सल्किएको थियो । आगोबाट यी दुई घरमा क्षति भएको छ ।
जुद्ध बारुद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

आईसीसी विश्वकप लिग २ : नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४…

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका– ६ का अर्जुन गुरुले खुकुरी प्रहार गर्दा फक्ताङलुङ गाउँपालिका तीनका…
३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ अम्रसा भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *