• फाल्गुन २९, २०८२
  • No Comment
  • 40

जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारकाे क्रममा मृत्यु

जुम्ला, २९ फागुन । जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिलाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ।

तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपालीको उपचारका क्रममा निधन भएको हो। सुत्केरी भएपछि उनको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि विभिन्न प्रयास गरिएको थियो।

परिवारका अनुसार अस्मिताले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा बच्चा जन्माएकी थिइन्। सुत्केरीपछि स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचार आवश्यक परेको थियो।

अवस्था जटिल भएपछि बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी उनलाई सुर्खेत लगिएको थियो। प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेका बेला उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि तत्काल उद्धार गरी उपचारका लागि ल्याइएको भए पनि चिकित्सकहरूको प्रयास सफल हुन नसकेको अस्पतालले जनाएको छ।

सम्बन्धित खबर

7 Opfylde Games With Moderne-Branche Graphics & Gameplay Kabel…

Content Superrealistisk skydespil er på vej – plu bekymringerne vokser Why Millions Choose Y8 foran På Gaming Play Free Online Games…

Wellness Offer Finest Teaching For Psychological state

Posts How do exercise assist mental illness? Staying establish can help you manage a calm temper. Counting is also relax you…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *